कालीमाटीमा एमालेको प्यानल विजय, दान बहादुर अध्यक्ष, सहनशिलता उपाअध्यक्ष ।

Posted on: 17 May, 2017

खकेन्द्र केसी, अनलाइन तहल्का 

जठ ३ सल्यान 

सल्यानको कालिमाटी गाउँपालीकमा नेकपा एमालेका दान बहादुर खत्रि केसीले २९१२ मत ल्याएर अध्यक्षमा विजय भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका पुरुषोत्तम भट्टराइलाई ५४९ मतले हराउदै केसी विजय बनेका हुन । 

त्यस्तै उपाअध्यक्ष पदमा एमालेकै सहनशिलता ओलि डाँगी २९४४ मत ल्याएर विजय भएकी छन् उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी प्रिती डिसी विसि लाई ५७८ मतले हराउदै डाँगी विजय बनेकी हुन ।

उनिहरु सँग प्रतिशप्रधाको मतमा आउने माओवादी केन्द्र अध्यक्षमा पुरुषोत्तम भट्टराई २३६३ मत ल्याए भने उपाध्यक्षमा प्रिती डिसी विसि २३६६ मत ल्याइन । नेपाली काँग्रेसका पनि अध्यक्षमा भरत पुनले १९२९ मत ल्याए भने उपाध्यक्षमा कमला अधिकारी १६७० मत प्राप्त गरिन । 

त्यस्तै वडा अध्यक्षमा ५ ओटा वटा एमाले ले जितेको छ भने १ ओटा माओवादी र १ ओटा काँग्रेसले जितेको । 


वडा अध्यक्षको नाम यस्तो छ । 

कालीमाटी गाउँपालीका वडा नं. १ बाट एमालेका रविलाल वस्नेत विजय । 

कालीमाटी गाउँपालीका वडा नं. २ बाट  एमालेका इन्द्र बहादुर वली विजय ।

कालीमाटी गाउँपालीका वडा नं. ३ बाट एमालेका विर बहादुर वली विजय ।

कालीमाटी गाउँपालीका वडा नं. ४ बाट  एमालेका वेल बहादुर चन्द विजय ।

कालीमाटी गाउँपालीका वडा नं. ५ मा एमालेका चन्द्र बहादुर गाहा मगर सहितको पुरै प्यानल विजय ।

कालीमाटि गाउँपालीका वडा नं. ६ बाट  माओवादीका टेक राज पुलामी सहितको पुरै प्यानल विजय ।

कालीमाटी गाउँपालिका वडा नं. ७ बाट काँग्रेसका नयन सिं रानाको पुरै प्यानल विजयी ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!