३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर्णाली सरकारले ल्यायो चालुको भन्दा ६ अर्ब बढी बजेट

१ असार २०७६, आईतवार १६:१२

दलसिंह गिरी | असार १, सुर्खेत | कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७६/०७७ को लागी चालु आर्थिक बर्षको बजेट भन्दा झण्डै ६ अर्ब बढीको बजेट ल्याएको छ । चालु आर्थिक बर्षमा करिव २८ अर्ब बजेट ल्याएको प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि करिव साढे ३४ अर्बको बजेट ल्याएर हो । कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आइतबार कर्णाली प्रदेश सभामा ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजारको बजेट प्रस्तुत गरेका छन् । कर्णाली प्रदेश सरकारले चालु खर्चतर्फ १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार र पुँजीगत तर्फ २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार बजेट विनियोजन गरिएको छ ।

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७६/०७७मा विशेष गरी  ऊर्जा उत्पादन तथा विद्युतीकरणमा विशेष चासो दिएको छ । यस्तै खानेपानी, सिंचाइँ, बस्ती बिकास र सूचना प्रविधी पूर्णधार बिकासलाई बजेटमा उच्च प्राथमिकता राखिएको छ । 

यस्तै शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, सामाजिक सुरक्षा यूवा उद्यमशीलता तथा खेलकूद प्रबद्र्धनलाई पनि बजेटको प्राथमिकतामा राखेको सरकारले कृषि, जडिबुटी पानी, वनपैदावार जस्ता स्थानीय उतपादनलाई अभिबृद्धि गर्ने खालका कार्यक्रमलाई बजेट मार्फत प्राथमिकता राखेको प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशज्वालाले बताए । 

आगामी आर्थिक वर्षको लागि आन्तरिक राजस्वबाट २५ करोड, चालु आर्थिक वर्षको खर्च नभई बाँकी रहन जाने रकम ८ अर्ब ९४ करोड ७४ लाख ८४ हजार, संघीय सरकारबाट राजश्व बाँडफाँड वापत प्राप्त हुन आएको रकम ७ अर्ब ४४ करोड ४३ लाख र वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको रु. ९ अर्ब ८४ करोड ८३ लाख र सशर्त अनुदानबाट रु. ५ अर्ब २७ करोड २७ लाख बजेट रहेको ज्वालाले बताए । 


प्रदेश सरकारले १ अर्ब ८१ करोड २२ लाख रुपैयाँ समपूरक र विशेष अनुदानबाट प्राप्त गर्ने अनुमान गरेको छ भने प्राकृतिक स्रोतको रोयल्टीबाट २ करोड ७४ लाख रुपैयाँ प्राप्त गर्ने अनुमान गरिएको, ७५ करोड आन्तरिक ऋण परिचालनबाट व्यहोर्ने गरी आगामी आर्थिक बर्षको बजेट ल्याएको ज्वालाले बताए ।

संघीय सरकारबाट प्राप्त आनुदान, राजश्व बाँडफाँडबाट प्राप्त रकम, बिशेष अनुदान तथा समपुरक बजेट र आन्तरिक राजस्व समेत गरी उक्त बजेट तयार पारिएको मन्त्री ज्वालाले बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट