४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कपुरकोटले ल्यायो २८ करोड ३३ लाख बराबरको बजेट

२९ असार २०७६, आईतवार १५:१३

असार २९, सल्यान | भौतिक पूर्वाधार र सामाजिक विकासलाइ प्राथमिकतामा राखेर सल्यानको कपुरकोट गाउँपालिकाले बजेट ल्याएको छ । आर्थिक वर्ष २०७६।०७७ को लागी कपुरकोटले २८ करोड ३३ लाख रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको हो । गाउँपालिकाका उपाध्यक्ष एवम् कार्यक्रम तथा बजेट तर्जुमा समितिका संयोजक तिला बुढामगरले आइतबार प्रस्तुत गरेको बजेटमा भौतीक पूर्वाधार तर्फ ६ करोड १३ लाख ५० हजार विनियोजन गरिएको छ । जुन जम्मा पूँजीगत बजेटको ४६.२६ प्रतिशत रहेको बुढा मगरले उल्लेख गरिन् ।

जसमा सडक, यातायात तथा संचार तर्फ १ करोड ६७ लाख, गाउँपालिका भवन निर्माण क्रमागत शिर्षकमा २ करोड, संघ तथा प्रदेश संगको साझेदारीमा वडा कार्यालयको भवन निर्माण गर्न ४० लाख रुपैयाँ विनियोजन भएको छ । ग्रामिण विद्युतीकरण क्रमागत कार्यक्रमका लागि  १ करोड ५० लाख रुपैयाँ कपुरकोट गाउँपालिकाले विनियोजन गरेको छ भने थोरै घर धुरी भएका र विद्युतको लाइन पुर्यायाउन नसकिने ठाउँहरुमा वैकल्पिक उर्जा जडान गर्नको लागि  १० लाख विनियोजन गरेको छ । यस्तै कालिका मा.वि. पूर्वाधार निर्माणमा  २० लाख, जीवनज्योति मा.वि. पूर्वाधार व्यवस्थापनको लागि  ७ लाख तथा कपुरकोट बहुमुखी क्याम्पस पूर्वाधार निर्माणमा  १० लाख विनियोजन गरिएको छ ।

गाउँपालिकाले पूँजीगत बजेटको २६ प्रतिशत रकम सामाजिक विकासमा विनियोजन गरेको छ । जुन रकम ३ करोड ४३ लाख २५ हजार रहेको छ । यसमा शिक्षा, युवा तथा खेलकुदका लागी १ करोड, स्वास्थ्य तथा पोषणमा ४५ लाख, पूर्ण सरसफाईयुक्त गाउँपालिका निर्माणको लागि १० लाख, खानेपानी तर्फ ७३ लाख र वालवालिका तथा जेष्ठ नागरिक तर्फ २० लाख तथा ‘दिदीवहिनीसंग उपाध्यक्ष’ कार्यक्रमका लागी २० लाख रुपैयाँ विनियोजन गरिएको छ । ‘संस्कृतीको संरक्षण, हाम्रो पहिचान’ कार्यक्रमको लागि ५ लाख रुपैया विनियोजन भएको छ ।

आर्थिक विकास अन्तर्गत कृषि क्षेत्रको विकासको लागी ४५ लाख, पशु विकास कार्यक्रमका लागी ३० लाख र उद्योग, वाणिज्य तथा पर्यटन विकास तर्फ २० लाख रुपैयाँ विनियोजन गरिएको छ । यस्तै वन, वातावरण, भूसंरक्षण तथा विपद व्यवस्थापन क्षेत्रगत योजना कार्यक्रममा जम्मा रु ४४ लाख २५ हजार विनियोजन गरिएको छ भने सार्वजनिक सेवा, संस्थागत क्षमता विकास, सुशासन र सुदृढिकरण क्षेत्रगत योजना कार्यक्रममा ८४ लाख रुपैयाँ कपुरकोटले विनियोजन गरेको छ ।

गत असार १० गते गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाइ बजेटले सम्बोधन गर्ने प्रयास गरेको प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालले जानकारि दिए ।

कपुरकोट गाउँपालिकाले संघिय सरकार वित्तिय समानिकरण अनुदान शिर्षकबाट ८ करोड ४ लाख, कर्णाली प्रदेश सरकार वित्तिय समानिकरण अनुदान शिर्षकबाट १ करोड २९ हजार, संघिय सरकार राजश्व बाँडफाँड शिर्षकबाट रु ६ करोड ४३ लाख, कर्णाली प्रदेश सरकार राजश्व बाँडफाँड शिर्षकबाट रु ७ लाख ३ हजार, संघिय सरकार सशर्त अनुदान शिर्षकबाट रु ९ करोड ६३ लाख, आन्तरिक राजश्व बाट २५ लाख प्राप्त हुने र संचित कोषमा गत बर्षको मौज्दात २ करोड ९० लाख ६८ हजार रुपैयाँ रहने अनुमान गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ