शारदा मा काँग्रेसले जित्यो, मेयरमा अधिकारी उपमेयरमा बस्नेत ।

Posted on: 20 May, 2017

खकेन्द्र केसी,

जेठ ६ सल्यान 

सल्यान सारदा नगरपालिकामा नेपाली काँग्रेस विजय भएको छ । 

सल्यानमा निकै नै ढिलो मत गनणा सकिएको शारदा नगरपालीकामा मेयरको पदमा सुरेश अधिकारी ४ हजार २ सय १४ मत ल्याएर निर्वाचीत भएका छन् । उनका निकटतम प्रतिद्दन्दी एमालेका राम कुमार खड़की लाई ८७० मतले हराउदै अधिकारी विजय भएका हुन । उनलाई पछ्याइरहेका एमालेका रामकुमार खडकीले ३ हजार ३ सय ४४, माओवादी केन्द्रका प्रमोद श्रष्ठले २ हजार ५ सय २७ र राप्रपाका मनोज प्रधानले २ हजार ४ सय मत ल्याएका थिए । 

त्यस्तै नगरपालीकाको उपमेयरमा काँग्रेसकै सावित्रा बस्नेत ४ हजार १ सय ८० मत ल्याएर विजय भएकी छन् । 

उनका निकटतम प्रतिद्दन्दी एमालेकी सरिता हमाललाई १४५ मतले हराउदै बस्नेत विजय बनेकी हुन । हमालले भने ४ हजार ३७ मत ल्याएकी थिइन् । मओवादी केन्द्रकी झरना बुढाथोकी ले २ हजार ५ सय ४ ल्याएकी थिएइन । 

शारदा नगरपालीकाको गनणा सकिए सँगै सल्यान जिल्ला भरीको मत गनणा सकिएको छ । दश ओटा स्थानीय तह रहेको सल्यानमा एक ओटा नगरपालीका र तिन ओटा गाउँपालीकामा एमाले ले जितेको छ । एक ओटा नगरपालीका र दुई ओटा गाउँपालीकामा माओवादी केन्द्रले त्यसैगरी दुई ओटा गाउँपालीका र एक ओटा नगरपालीकामा नेपाली काँग्रेसले जितेको छ । ८३ ओटा वडा रहेको सल्यानमा गाउँपालीका र नगरपालीकाको वडा अध्यक्षमा माओवादी केन्द्रल ३२, एमाले ले २६, काँग्रेसले २४ र राप्रपाले १ वटा वडामा जितेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!