बुराँसे-दहगाउँमा गरियो गोरटो बाटो मर्मत, टोलका घर हुने भए एउटै कलर

Posted on: 21 Sep, 2017

खकेन्द्र केसी/असोज ५, सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालीका वडा नम्बर २ ले वडाको सरसफाइ कार्यलाई तिव्र रुपमा अगाडी बढाएको छ । 


वडालाई ५ ओटा टोलमा विभाजन गरेर सरसफाई कार्यक्रम अगाडी बढाइएको हो । आज १ नम्बर टोल बुराँसे र दहगाउँले गोरेटो बाटो मर्मत गरेका छन् भने  टोलको घरमा एउटै रङ बनाउने निर्णय गरेका छन् । 

टोल नम्बर १ दहगाउँले सर्जनशिल प्राविबाट कालाढुङगा सम्म ३.५ किलोमिटर र बयालडारी बाट वडा कार्यालय गौरेघाट जाने २ किलोमीटर गोरेटो बाटो मर्मत गरेको छ । बाटो मर्मत कार्यमा दहगाउँ टोल सुधार समितीका सदस्य खिम बहादुर भण्डारीको नेतृत्वमा ६८ घरधुरीको सहभागिता रहेको थियो । साथै दहगाउँ टोलका सबै घरधुरीले घरमा रातो रङ प्रयोग गर्ने निर्णय पनि गरेका छन् । 

 त्यस्तै १ नम्बर टोलकै बुराँसे टोलले पनि बुराँसे रातामाटा देखि रुन्यापानी सम्म ३ किलोमिटर र खिमौली देखि ठुलाखोला सम्म २ किलोमीटर गोरेटो बाटो मर्मत गरेको छ । बाटो मर्मत कार्यमा बुराँसे टोल सुधार समितीका सदस्य तथा महिला समुहकी अध्यक्ष ललिता बस्नेतको नेतृत्वमा ६९ घरधुरीको सहभागिता रहेको थियो । साथै बुराँसे टोलका सबै घरधुरीले घरमा हरियो रङ प्रयोग गर्ने निर्णय पनि गरेका छन् । सरसफाई अभियानमा वडा सदस्य लालबहादुर वलीको सहभागीला रहेको थियो । 

यस अघि वडा कमिटीको बसेको बैठकले १ नम्बर टोल बुराँसे दहगाउँ, २ नम्बर टोल दहखोला, ३ नम्बर टोल साउनेपानी अत्तरकाडाँ, ४ नम्बर टोल रानीपोखरी र ५ नम्बर टोल डिग्री खोरबारेलाई हाम्रो गाउँ सुन्दर र समृद्ध बनाऔ भन्ने नारा सहित टोल सुधार अभियान संचालन गर्न लागेको हो । 

प्रत्यक टोलमा एक जना अध्यक्ष सहित २१ जना सदस्य टोल सुधार समिती गठन पनि गरिएको छ । जसअनुसार १ नम्बरको अध्यक्षमा लालबहादुर वली, २ मा टीकाराम विक, ३ मा केशरी प्रकाश खडका, ४ मा सुसीला कुमारी विक र ५ मा हुर्मी कुमारी वली रहको छत्रेश्वरी गाउपालिका २ नम्बर वडा अध्यक्ष प्रेम खड्काले जानकारी दिएका छन् । 

 यस अघि वडा कमिटीले गरेका निर्णयहरु यस्ता छन् ।

१. एक घर एक करेसा र फुलबारी ।

२. प्रत्यक घर पाँचओटा भन्दा बढि फलफुलका बोट । 

३. प्रत्यक घर स्वस्थ सुन्दर बालक ।

४. प्रत्यक टोल पुर्णा खोप र पोषन युक्त टोल ।

५. प्रत्यक टोल मदिरा नियन्त्रीत टोल । 

६. प्रत्यक टोल बालबिबाह न्युनीकरण टोल ।

७. प्रत्यकको ज्यान धुम्रपान ले लिन्छ ज्यान भन्ने अभियान ।

८. हरेक टोल गोरेटो बाटो मर्मत अभियान । 

९. टोलका प्रत्यक घर एउटै कलर । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!