जबर्जस्ती करणी गर्ने युवक पक्राउ

Posted on: 25 Jan, 2017

माघ १२, राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिकामा एक बालिकालाई जबर्जस्ती करणी गर्ने दुई युवक पक्राउ परेको छ । 

जिल्लाको तेरहौता गाविस–८ बस्ने २० वर्षीय सुरेशकुमार सरदारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ परेका अन्य एक व्यक्तिको नाम खुलाइएको छैन । ती दुवै युवकले वीरेन्द्र बजारसम्म पु¥याइदिने भन्दै उक्त युवतीलाई बलात्कार गरेका थिए । जबर्जस्ती करणी गरेको भन्ने युवतीले जाहेरी दिएको आधारमा खटिएको प्रहरी टोलीले सरदारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

यसैगरी इलाका प्रहरी कार्यालय महुलीले प्रहरी टोलीले ७० लिटर अवैध मदिरा नष्ट गरेको छ । 

जिल्लाको विभिन्न ठाउँबाट खोजतलास गर्ने क्रममा फेला पारेको उक्त अवैध घरेलु मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बरामद गरिएको मदिरा जिल्लाको बकधुवा–९ महुली खोलामा स्थानीय मानिसको रोहबरमा नष्ट गरेको प्रहरीले जनाएको छ । 

यस्तै इलाका प्रहरी कार्यालय कल्याणपुर र रुपनीबाट खटिएको प्रहरी टोलीले करिब गाजाको सय बोट नष्ट गरेको छ । जिल्लाको नेगडा गाविस वडा नं ४, ५, ६ र शम्भुनाथ नगरपालिका ३ र ४ का स्थानीयले आफ्नो घर करेसाबारीमा लगाएको उक्त गाँजाका बोट नष्ट गरेको प्रहरीले जनाएको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!