बिँडी नदिएको निहुँमा चिरपट प्रहार गरि गरे एक वृद्धको हत्या

Posted on: 20 Jul, 2023

साउन ४, सप्तरी | सप्तरीमा एक युवकले बिँडी नदिएको निहुँमा चिरपट प्रहार गरि एक जनाको हत्या गरेको खुलेको छ ।

सप्तरी कञ्चनरुप नगरपालिका ८ बेरियर चौकमा रहेको बस बिसौनीको प्रतिक्षालयमा गत असार ३१ गते परिचय नखुलेको मागी खाने अन्दाजी ६०/६५ वर्षीय वृद्ध मृतक फेला परेका थिए ।

ईलाका प्रहरी कार्यालय कञ्चनरुपले अनुसन्धान गर्दै जाँदा उनको हत्यामा कञ्चनरूप नगरपालिका १० बदगमा टोलका २८ वर्षीय मनोज पासवानको संलग्नता रहेको प्रहरीले जनाए |

उनलाई सप्तरी प्रहरीले बुधबार पक्राउ गरेको हो । प्रहरीका अनुसार मागी खाने व्यक्ति प्रतिक्षालयमा सुती बिँडी खाइरहेको र आफूलाई पनि खान मन लागेपछि मनोजले एउटा बिडी मागेका थिए । तर मागिखाने व्यक्तिले बिडी नदिई तथानाम गाली गलौज गर्न लागेपछि आवेगमा छेउमा राहेको बाँसको लाठीले उनको टाउकोमा चार/ पाँच प्रहार गरि भागेको बयान दिएको सप्तरी प्रहरीले बताए ।

उनि माथि कर्तव्य ज्यान मुद्दामा कानुन बमोजिम कारबाही गर्ने सप्तरी प्रहरीले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!