३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तिलाठी कोइलाडी गाउँपालिकामा ‘नौला कार्यक्रम’

१३ असार २०७७, शनिबार ०२:५३

असार १३, सप्तरी | सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले शिक्षाबाट कुनै पनि बालबालिका वञ्चित नहोस् भन्ने उद्देश्यले ‘हमहु जेबै स्कूल’ (म पनि जान्छु विद्यालय) कार्यक्रम ल्याएको छ । तिलाठी कोइलाडी गाउँपालिकाद्वारा आगामी आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रममा ‘हमहु जेबै स्कूल’ जस्ता आधा दर्जन फरक तथा नौलो कार्यक्रम समावेश गर्दै नीति तथा कार्यक्रम ल्याएको हो । 

गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले शिक्षाको ज्योतिबाट कोही पनि वञ्चित हुन नपरोस् भनेर ‘हमहु जेबै स्कूल’ कार्यक्रम ल्याएको जानकारी दिनुभयो । चार पटक गर्भ जाँच गराई स्वास्थ्य संस्थामा प्रसूति भई ३५ दिनभित्र बच्चाको जन्म दर्ता गराउने महिलालाई प्रोत्साहन गर्न ‘आमा सम्मान’, गाउँपालिकाले युवालाई विदेश पलायन हुनबाट रोक्न ‘युवाका लागि सीप’, र ‘अध्यक्ष हाम्रो मित (मित्र)’ जस्ता नयाँ कार्यक्रम ल्याएको छ । यस्ता कार्यक्रमका लागि पर्याप्त बजेट विनियोजन गरिएको अध्यक्ष सिंहको भनाइ छ । 

चट्याङबाट वर्षेनी हुने जनधनको क्षति न्यूनीकरणका लागि सबै आठवटै वडा कार्यालय र १० वटा विद्यालयमा ‘चट्याङ प्रतिरोधी’ प्रणाली जडान कार्यक्रम पनि गाउँपालिकाले ल्याएको छ । जलवायु परिवर्तनका कारण हुने गरेको वातावरणीय क्षति कम गर्न ‘एक सन्तान, एक रुख’, विद्यालय बाहिर रहेका बालबालिकालाई भर्ना गराउन ‘अभिभावक जागौँ’ तथा गाउँपालिकाका हरेक नागरिकलाई साक्षर बनाउन ‘साक्षर बनौँ र बनाऔँ’ लगायतका कार्यक्रम गाउँपालिकाले ल्याएको छ । 

यस्तै स्थानीयस्तरमै कृषकको समस्या समाधान गर्न प्रत्येक वडामा ‘प्लान्ट क्लिनिक’ तथा पशुपालन गर्न चाहने कृषकका लागि ‘निब्र्याजी ऋण’ कार्यक्रम ल्याएको छ । आगामी आर्थिक वर्षका लागि रु ३८ करोड ५३ लाख २४ हजार ५६० को बजेट पारित गरेको गाउँपालिकाले बाढी नियन्त्रण, पूर्वाधार निर्माण, संरचना विकास, सडक निर्माण, खेलकूद, शिक्षा, कृषि, स्वास्थ्य, खानेपानीजस्ता योजनालाई समेत उच्च प्राथमिकतामा राखेको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजु झाले जानकारी दिनुभयो । गाउँपालिकाले प्रत्येक वडामा समान रु ६५ लाखको दरले बजेट विनियोजनसमेत गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट