सप्तरीमा दुर्घटनामा परि एकको मृत्यु, तीन घाइते

Posted on: 11 May, 2017

बैशाख २८, राजविराज | पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–७मा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक व्यक्तिको आज मृत्यु भएको छ । 

मृत्यु हुनेमा सप्तरीकै डाक्नेश्वरी नगरपालिका–१० बस्ने २४ वर्षीय जगनाथ चौधरी रहेको प्रहरीले जनाएको छ । 

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स१त २०८४ नंको ट्र्याक्टरले विपरीत दिशाबाट जाँदै गरेको स७प ७९०० नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

ठक्करबाट गम्भीर घाइते चौधरीलाई उपचारका लागि लहानस्थित एक अस्पतालमा भर्ना गरे पनि उपचारका क्रममा आज मृत्यु भएको इप्रका, कल्याणपुरले जनाएको छ । 

यता ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै सप्तरीकै सुरुङ्गा नगरपालिका–१ मा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । 

गाईघाट–कदमाहा सडकखण्डअन्तर्गत पर्ने सो ठाउँमा गाईघाटबाट लहानतर्फ जाँदै गरेको अन टेस्ट मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो । 

घाइते हुनेमा मोटरसाइकल चालक सुरुङगा नगरपालिका–१ बस्ने सुलेन्द्रराम मोटरसाइकलको पछाडि सवार सुरेन्द्र राम र चन्द्रजित राम रहेका छन् । 

उनीहरुको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको इप्रका, भेडियाले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!