आफनै घरभित्र अर्धनग्न अवस्थामा किशोरीको शव फेला, पक्राउ परेका बाबुको यस्तो बयान !

Posted on: 30 Jan, 2019

माघ १६, राजविराज | सप्तरीमा एक किशोरी अर्धनग्न अवस्थामा मृत फेला परेकी छन्। सप्तरीको बलान बिहुल गाउँपालिका-४ बेल्हीकी १६ वर्षीया सरिताकुमारी बडही आफ्नै घरभित्र सोमबार राति मृत फेला परेकी हुन् | 

बडहीको अर्धनग्न शव चोटपटक लागेको अवस्थामा घरमा भेटिएपछि प्रहरीले बुवा ४५ वर्षीय तुरुन्तलाल बडहीलाई पक्राउ गरेको जनाएको छ। मृतककी आमा भने  फरार रहेकी छन् | घटना थप शङ्कास्पद भएको भन्दै प्रहरीले उनको खोजि गरिरहेको छ ।

कोठाको भित्रबाट चुकुल नलागेको, भित्ता छेउमा खाटमुनि लडेको शव अर्धनग्न अवस्थामा रहेको र मृतकको शरीरको भागमा चोटपटकको दागसमेत देखिएकाले प्रहरीले अनुसन्धान गरिरहेको छ। 

बाबुले बयानको क्रममा आफूले सामान्य कुटपिट गरेको बताएका छन्। प्रहरीका अनुसार भारतमा विवाहिता दिदीका देवरसँग सरीताको प्रेम रहेको र सोही कारण घरपरिवारमा विवाद रहेको बुझिएको छ। घरपरिवारले विवाहका लागि मञ्जुरी नदिए पनि किशोरीले सोही केटासँग मात्र विवाह गर्ने ढिपी गरेपछि बुवा-आमाले सरीतालाई कुटपिट गरेको बुझिएको छ।

शव पोष्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!