सर्लाहीमा बस दुर्घटना, २ को मृत्यु २३ घाइते, यात्रुले सचेत गराउँदा चालकले मानेनन्

Posted on: 15 Sep, 2018

भदौ ३०, सर्लाही | सर्लाही जिल्लाको ब्रह्मपुरी गाउँपालिका–२ मा बस दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । 

दुर्घटनामा परी मृत्यु हुनेहरुमा सर्लाहीकै ईश्वरपुर नगरपालिका ९ का २६ वर्षीय नथुनी राय यादव र सोही ठाउँकी १९ वर्षीया अन्जु साह रहेका छन् । 

मलंगवाबाट ईश्वरपुर जाँदै गरेको ना २ ख ८००३ नम्बरको बस ब्रहम्पुरी २ महादेव पोखरी नजिक अनियन्त्रित भई पल्टिदाँ दुर्घटना भएको प्रहरीले जनाएको छ । 


दुर्घटना बसको पट्टा भाँचिएको कारण भएको बताइएको छ । पट्टा भाँचिएको बस चालकले जबर्जस्ति चलाएको कारण दुर्घटना भएको घाइतेहरुले बताएका छन् । यात्रूहरुले सचेत गराउँदा-गराउंदै पनि चालकले नमानेको कारण दुर्घटना भएको घाइतेहरुले बताए । 

घाइतेहरुको उपचार सर्लाही अस्पतालमा भइरहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!