सर्लाहीमा हत्या आरोपमा एक जना भारतीय पक्राउ

Posted on: 18 Apr, 2024

बैशाख ६, सर्लाही । सर्लाहीमा भारतीय युवकको टाउको काटेर हत्या गरी फरार रहेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत बिहारको सितामढीका २७ वर्षीय रञ्जित कुमार बैठा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

बैठालाई मंगलबार राति ११ बजे मलंगवा नगरपालिका–८ गोरखकालीमा लागिरहेको महायज्ञ मेलामा घुमिरहेको अवस्थामा नियन्त्रणमा लिएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।

गत साउन २५ गते बिहान करिब ८ बजे हरिवन नगरपालिका–४ लखन्देही पुलमुनि भारतको सितामढीका २३ वर्षीय गोलु भन्ने अभिषेक राजको टाउको मात्र फेलापरेको थियो।

साउन २७ गते लालबन्दी नगरपालिका–१७ कालिनजोर पुलनजिकै जंगलमा राजको शरीरको भाग फेला गरेको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!