सिन्धुलीमा डोजर दुर्घटना हुँदा दुईको मृत्यु

Posted on: 29 Aug, 2018

भदौ १३, सिन्धुली | कमलामाई नगरपालिका १ डाँडीगुराँसेमा आज डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

एसके देवीरमण कन्स्ट्रक्सनको वा २ क ३२०५ नंको डोजर दुर्घटना हुँदा त्यसका हेल्पर धनुषा, मिथिला नगरपालिका १० लालगढ निवासी अन्दाजी ३० वर्षीय नाम स्पष्ट नभएका एक व्यक्ति र सिन्धुली तीनपाटन गाउँपालिका ४ बागथला निवासी २२ वर्षीय कमल बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक जेसी सहाले जानकारी दिनुभयो । 

दुर्घटनामा सिन्धुली तीनपाटन गाउँपालिका ५ लंगुरखोला निवासी अन्दाजी २४ वर्षीय गणेश थापा घाइते भएकामा अहिले सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौँ सिफारिस गरिएको छ । मृतक बोगटी र घाइते गणेश थापा घर बनाउने डकर्मी हुन् । आज घर बनाउने काम नभएपछि उनीहरु डाँडीगुराँसे आउने क्रममा तीव्र गतिमा रहेको डोजर सडकबाट करीव २५ फिट तल खसेको थियो । दुर्घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!