बसपार्क बनाउन एक रोपनी जग्गा निःशुल्क प्रदान

Posted on: 13 Jan, 2017

पुस २९, सोलुखुम्बु । स्थानीय दूधकुण्ड नगरपालिका–६ कुलनारायण श्रेष्ठले बसपार्क निर्माणका लागि दूधकुण्ड नगरपालिकालाई एक रोपनी एक आना जग्गा निःशुल्क प्रदान गर्नुभएको छ । 

सदरमुकामस्थित दोर्पुबजारमा हाल प्रतिआना तीन लाख पर्ने रु ५१ लाख मूल्य बराबरको सो जमिन दाता श्रेष्ठले उपलब्ध गराउनुभएको हो । नगरपालिकाले हाल जिरो प्वाइन्टको रुपमा प्रयोग गरिरहेको स्थान अत्यन्तै साँघुरो भएकोले खुल्ला स्थानमा जिरो प्वाइन्ट बनाइएकाले आवागमनका लागि सहज भएको छ । 

नगपालिकाले जग्गादाता श्रेष्ठलाई नगर परिषद्का अवसरमा सम्मान समेत गरेको छ । श्रेष्ठले जग्गा उपलब्ध गराएर बसपार्क निर्माण गर्न सहज भएको नगरपालिकाका कार्यकारी अधिकृत गुणराज भटराईले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!