४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

लुक्ला विमानस्थल चाँडै स्थानीय तहमा हस्तान्तरण : मन्त्री भट्टराई

३० कार्तिक २०७७, आईतवार १४:३४

कात्तिक ३०, सोलुखुम्बु । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थल स्थानीय सरकारलाई हस्तान्तरण गरिने बताउनुभएको छ ।

खुम्बु–पासाङ ल्हामु गाउँपालिकामा निर्माण गरिएको पर्यटन सूचना केन्द्रको आज उद्घाटन गर्दै मन्त्री भट्टराईले स्थानीय सरकारको मागअनुसार कानुनी प्रक्रिया   पूरा गरी  चाँडै हस्तान्तरण गर्ने जानकारी दिनुभएको हो ।  मन्त्री भट्टराईले कोरोना महामारीले पर्यटन क्षेत्र शिथिल भएका समयमा स्वास्थ्य सुरक्षाका उपाय अपनाउदै पर्यटकलाई स्वागत गर्न आग्रह गर्नुभयो ।

उहाँले खुम्बु क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि पर्यटकीय पदमार्गमा पर्यटकका लागि शौचालयको व्यवस्थापन गर्ने तथा नेपालको प्रमुख पर्यटकीय गन्तव्य खुम्बु भएकाले होटल सञ्चालक, गाइड र मजदूरलाई विशेष तालिम दिइने पनि घोषणा गर्नुभयो ।

कार्यक्रममा पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले स्थानीय सरकारको माग बमोजिम पर्यटकीय भौतिक पूर्वाधार निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । गाउँपालिकाका कार्यावाहक अध्यक्ष टासील्हामु शेर्पाले स्याङबोचे विमानस्थलको स्तरोउन्नति तथा सञ्चालनका लागि स्थानीय तहसँग आवश्यक छलफल गर्न आग्रह गर्नुभयो ।

मन्त्रालयबाट प्राप्त रु.तीन करोड ६३ लाखको बजेटबाट करिब  चार महिना अगाडि निमार्ण सम्पन भएको सूचना केन्द्र आज गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ