टिप्परको ठक्करले एक जनाको ज्यान गयो

Posted on: 01 Jul, 2019

असार १६, काठमाडौँ  | मध्यपुर थिमि नगरपालिका–४ राधेराधे चोकमा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक सोलुखुम्बु पञ्चन–९ घर भएका २८ वर्षीय फ्रेमबहादुर राई रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोरखेलले जानकारी दिनुभएको छ । 

काठमाडाँैबाट भक्तपुर तर्फ आउँदै गरेको बा ५ ख ५३४३ नं टिप्परले  सोही दिशातर्फ आउँदै गरेको प्रदेश ३–०२–००६ प ४९९४ नं को मोटरसाइकललाई ठक्कर दिँदा घाइते चालक राईको मध्यपुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको उहाँले जानकारी दिनुभयो । दुबै सवारी साधन महानगरीय प्रहरी वृत्तथिमिको नियन्त्रणमा राखेको र फरार टिप्पर चालकको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!