ह्वाकुमा एक घर जल्यो, छ लाख रुपैयाँको क्षति

Posted on: 07 Jul, 2017

असार १३, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–३, ह्वाकुमा गएराति एक घर जल्दा छ लाख रुपैयाँ बराबरको क्षति भएको छ । 

ह्वाकुका रामकुमार ईङनामको ढुंगा माटोले बनेको खरको छानो भएको दुई तले घर जलेर नष्ट हुँदा छ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

मध्यरातमा आगलागी भएकाले घरमा रहेका लत्ता कपडा, सरसामान सबै जलेर नष्ट भएको छ । 

आगो स्थानीयबासी र प्रहरीले नियन्त्रणमा लिएका छन् । आगलागीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!