अनेम संघ क्रान्तिकारीमा फुयाल

Posted on: 06 Feb, 2017

प्रकाश धौलाकोटी/माघ २४, तेह्रथुम । नेकपा माओवादी केन्द्र निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ –क्रान्तिकारी जिल्ला कमिटीको अध्यक्षमा विमला फुयाल चयन भएकी छिन् । 

सदरमुकाम म्याङलुङ्गमा आइतबार भएको सातौं जिल्ला सम्मेलनले फुयालको अध्यक्षतामा २५ सदस्यीय नयाँ जिल्ला कमिटी चयन गरेको हो । समितिको उपाध्यक्षमा मथुरा मगर, सृजना लामा फोम्बो, जीतकुमारी थापा र खिना मगर, सचिवमा पद्मा सापकोटा, सहसचिवमा यामकुमारी लिम्बु, हेमा मगर, विमला घिमिरे र नानुका राई तथा कोषाध्यक्षमा सिम्पल पिठामगर चयन भएका छन् । 

यस्तै सदस्यहरुमा प्रेमा अधिकारी, फुलमाया लिम्बु, रेनुका ढकाल, रमा बाँनियाँ, सुनिता पाहिम, मनिषा मगर, रुपा मगर, विनिता मगर, गंंगादेवी फोम्बो, झुमा तामाङ, कमला पाहिम, कल्पना लिम्बु, बबिता कटुवाल, हर्कमाया गुरुङ र हेमा कन्दङवा रहेका छन् । 

जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रममा अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रिय उपाध्यक्ष होमकुमारी खापुङ, प्रदेश नं. का महिला विभाग प्रमुख शुशिला कन्दङवा, पार्टीका केन्द्रिय पोलिट व्युरो सदस्य तथा जिल्ला इन्चार्ज दुर्गाप्रसाद चापागाई, पार्टी जिल्ला संयोजक इन्द्र इम्सङ, केन्द्रिय महाधिवेशन आयोजक समिति सदस्य फुर्वी शेर्पा, तेजमान कन्दङवा, सलबहादुर तिवारी, दिलु सेनेहाङ र अनिल आङ्खेवा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!