प्रहरीका सई वडाध्यक्षका उम्मेदवार

Posted on: 22 Jun, 2017

असार ८, तेह्रथुम । तेह्रथुममा प्रहरी नायव निरीक्षक रामबहादुर खड्काले जागिर छाडेर वडाध्यक्षमा उम्मेदवारी दिनुभएको छ ।

खड्काले ‘आफ्नो विचार मिल्ने भएकाले जागिर छाडेर गाउँको विकास र समृद्धिका लागि नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएको’ बताउनुभयो ।

‘जागिर पनि लामो समयसम्म खाएँ’ उहाँ भन्नुहुन्छ, ‘चुनाव आएपछि गाउँका बासिन्दाले उम्मेदवारी देउ, गाउँको विकासका लागि तिम्रो आवश्यकता छ भनेपछि उम्मेदवार भएको हुँ ।’ प्रहरी सेवामा रहँदा थुप्रै वर्ष जिल्लामै रहेर उहाँले नागरिकको सेवा गर्नुभएको थियो । 

‘प्रहरी सेवामा हुँदा आफूले सुशासन, पारदर्शिताकै लागि काम गरेको भन्दै, भ्रष्टाचारको अन्त्य र गाउँको आर्थिक–सामाजिक विकास नै मुख्य एजेन्डा भएको उहाँले बताउनुभयो ।’प्रहरी सेवामा जवानबाट भर्ती हुनुभएका उहाँ हवल्दार, प्रहरी सहायक निरीक्षक र नायव निरीक्षक  भएर झण्डै डेढ दशक काम गर्नुभएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!