तेह्रथुममा ६१ जना निर्वाचन पर्यवेक्षक

Posted on: 23 Jun, 2017

असार ९, तेह्रथुम | तेह्रथुममा स्थानीय चुनावका लागि ६१ जना निर्वाचन पर्यवेक्षकहरु खटिएका छन् । 

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकले गरेको पर्यवेक्षण सम्बन्धी जिल्ला स्तरीय अनुशिक्षणमा मुख्य निर्वाचन अधिकृत इन्द्रकुमार चोङटेङलीले विभिन्न १५ वटा संस्थाका ६१ जना पर्यवेक्षकहरु पर्यवेक्षणमा खटिएका जानकारी दिए । उनले निर्वाचनको निष्पक्ष, तटस्थ र आचारसंहिताको सीमाभित्र रहेर पर्यवेक्षण गर्न सुझाव दिदै निर्वाचनको विश्वासनियतामा पर्यवेक्षकहरुको महत्वपुर्ण भूमिका हुने बताए । जिल्लामा नियोकसहित नेपाल मानव अधिकार संगठन, अनौपचारिक क्षेत्र सेवा केन्द्र लगायत संस्थाका पर्यवेक्षकहरु खटिएका छन् । 

जिल्लाका विभिन्न मतदान केन्द्रमा नियोकले मात्रै १६ जना पर्यवेक्षकहरु खटाएको जिल्ला सचिव रोशन श्रेष्ठले बताए । कार्यक्रममा सहभागीलाई जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राई र नियोकका फोकल पर्सन महेन्द्रप्रसाद काफ्लेले पर्यवेक्षण सम्बन्धमा बनेका ऐन कानुन, पर्यवेक्षकले गर्न हुने र नहुने कामहरुबारे जानकारी गराएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!