२१ दिन देखि बेपत्ता भएका महाशाखा प्रमुख पौडेल मृत अवस्थामा फेला

Posted on: 14 Jul, 2018

असार ३०, पोखरा । २१ दिन देखि बेपत्ता भएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन्। असार ९ गते बिहान पोखराबाट हराएका पौडेल आज सेती नदी किनारमा मृत अवस्थामा फेला भेटिएका हुन् ।


उनको शव फुलेको, गलेको अवस्थामा तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको भीमाद प्रहरी चौकीले जानकारी दिएको छ ।

असार ९ गते बिहानै घरबाट हिँडेका पौडेलले महेन्द्रपुलस्थित सेती नदीमा हाम फालेको निश्कर्ष प्रहरीको थियो । प्रहरीले पत्रकार सम्मेलन गरेरै पौडेल सेतीबाट हाम फालेको र कारणबारे अनुसन्धान भइरहेको बताएको थियो ।

पौडेलले आत्महत्या गर्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरी अनुसन्धानकै क्रममा रहेका कारण सेतीमा हाम फाल्नुको यकिन कारण भने आइनसकेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!