दुई दिनदेखि हराएका वडा सदस्य मृत फेला

Posted on: 16 Jul, 2018

असार ३२, उदयपर | दुई दिनदेखि बेपत्ता भएको उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिका–३ का वडा सदस्य रामबहादुर मगर आज मृत फेला परेका छन् । 

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ३० गतेदेखि बेपत्ता भएका वडा सदस्य मगर आज बिहान स्थानीय सापुपा खोलाको किनारमा मृत अवस्थामा फेला परेका हुन् । 

मगरको मृत्युको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!