असोज ७, काठमाडौँ । राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले प्रधानमन्त्रीले संविधान संशोधन गर्न अघि सारेको प्रस्तावले मधेसको समस्या समाधान नहु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ७, काठमाडौँ । राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले प्रधानमन्त्रीले संविधान संशोधन गर्न अघि सारेको प्रस्तावले मधेसको समस्या समाधान नहु"/>
२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संशोधन प्रस्तावले मधेस समस्या समाधान हुन्न: भण्डारी

२०७३, ७ आश्विन शुक्रबार १२:५६

असोज ७, काठमाडौँ । राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले प्रधानमन्त्रीले संविधान संशोधन गर्न अघि सारेको प्रस्तावले मधेसको समस्या समाधान नहुने बताएका छन् । 

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा नेता भण्डारीले विवादित पाँच जिल्लालाई थाँती राखेर प्रदेशको सीमाङ्कनबारे विवाद समाधान गर्ने प्रधानमन्त्रीको प्रस्तावले समस्या समाधान नहुने बताएका हुन् । 

“सीमाङ्कनको समाधान नै अहिलेको मुख्य समस्या हो, यसलाई टुङ्ग्याइनुपर्छ भन्ने हाम्रो माग छ, थाँती राख्ने र आयोग बनाएर विवादित पाँच जिल्लाको समस्या समाधान गर्ने प्रस्ताव हामीलाई मान्य छैन, यसो गरियो भने पछि अरु समस्या उत्पन्न हुन्छ”–उनले भने । 

राज्य पुनःसंरचना आयोगले अघि सारेको प्रस्ताव अनुसार सामथ्र्य र पहिचानकै आधारमा प्रदेशको सीमाङ्कन हुनेमा विश्वस्त हुँदै उनले भने– “मोर्चा जातीय राज्यको पक्षमा छैन, तर पहिचान मेटिनुहुँदैन, संशोधन प्रस्ताव दर्ता गर्दा हतारिनुभन्दा पनि गम्भीरताका साथ अघि बढाउनुपर्छ । ” 

स्थानीय निकाय चुनावका लागि गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या र सिमाना निर्धारण आयोगले अघि सारेको सङ्ख्यामा समेत मोर्चाको आपत्ति रहेको उनले बताए । स्थानीय निकाय प्रादेशिक संरचनाको मर्म र भावनानुसार अघि बढ्ने सङ्घीय प्रावधान भएकाले अहिलेको प्रक्रिया र आधार नै गलत रहेको उनको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी