Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ असोज ०८ गते, बिहान ९:४० बजे
काठमाडौँ - KTM

संविधान परिमार्जन र संशोधन गर्न सकिन्छ: नेपाल

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज ८, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले नेपालको संविधान अपुरो र अधुरो रहेको भन्नु गलत भएको बताएका छन् ।

बारा-काठमाडौ सम्पर्क मंचले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा नेपालले विश्वमा काहिँ पनि सर्वस्वीकार्य संविधान नभएको भन्दै नेपालको संविधानमा पनि केहि कमी कमजोरी रहेको हुन सक्ने बताए ।

उनले भने, ‘संविधान परिमार्जन र संशोधन हुन्छ । हाम्रा पनि सबै कुरा संविधानमा आएका छैनन् । यो त सम्झौताको दस्तावेज हो । संविधानले सबैको भावना समेट्न सक्दैन । ’सबैको कुरा समेट्ने भन्दैमा विदेशबाट आएकालाई राष्ट्रपति भने बनाउन नसकिने उनले बताए । मधेसी मोर्चाले राखेका सहि मागको सम्बोधन भने गर्न सकिने उनको भनाई थियो ।