२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गतिरोध अन्त्यका लागि प्याकेजमै सहमति हुनुपर्ने–नेता पौडेल

२०७३, २ पुष शनिबार ०७:३३

पुस २, विराटनगर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको गतिरोधलाई अन्त्य गर्नका लागि मुख्य दलबीच प्याकेजमै सहमति हुनुपर्ने सुझाव दिनु भएको छ । 

विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले संविधान निर्माणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका दल र मधेसी मोर्चाबीच स्थानीय निकायको निर्वाचनका साथै संविधान संशोधनको विषयमा सहमति गरेर मुलुकलाई निकास दिनुपर्ने आवश्यकतामा जोड दिनुभयो । 

तराईका जनताको भावनालाई समेटनुपर्ने उल्लेख गर्दै उहाँले संविधान संशोधनको विषयलाई लिएर यतिखेर रोल्पा, प्यूठानको जनतालाई पर्नसक्ने मर्कालाई पनि ध्यानमा राखेर कार्य गर्नुपर्ने देखिएको विचार राख्नु भयो । 

नेता पौडेलले पुनःसंरचना आयोगले पेस गरेको प्रतिवेदनमा कतिपय पहाडी जिल्लाका बासिन्दालाई चित नबुझेको र तराईका आठ जिल्लाको प्रतिवेदनसमेत नआएको अवस्थामा स्थानीय निकायको निर्वाचन पुरानै संरचनामा गर्नुपर्ने विषयमा जोड दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण