३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ संरचनामा स्थानीय निर्वाचन हुन्छ : प्रधानमन्त्री

२ पुष २०७३, शनिबार ०८:१७

पुस २, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय निकायको निर्वाचन नयाँ संरचना निर्माण गरेर मात्रै गरिने बताउनुभएको छ । 

प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पुरानो संरचनामा स्थानीय तहको निर्वाचन सम्भव नरहेको बताउनुभयो । 

पुनःसंरचना आयोगले प्रतिवेदन बुझाउने तयारी गरेको भन्दै प्रधानमन्त्री दाहालले भन्नुभयो “नयाँ संरचना अनुसार नै चुनाव गर्नुपर्छ भन्ने सरकारको स्पष्ट धारणा हो ।” उहाँले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र आफूका बीचमा निर्वाचनबारे छलफल भएको बताउँदै कुन तहको निर्वाचन गर्ने भन्ने विषयमा भने टुङ्गो नलागेको बताउनुभयो । 

देउवा र ओलीले पुरानै संरचनामा भए पनि निर्वाचन गर्नुपर्ने बताएको भन्दै उहाँले आफूले त्यत्रो मेहेनत परिसकेकाले नयाँ संरचना अनुसार नै निर्वाचन गर्नुपर्छ भनेको उल्लेख गर्नु भयो । 

प्रधानमन्त्री दाहालले संविधान संशोधनको प्रस्तावलाई अगाडि नबढाएसम्म निर्वाचनमा जान सम्भव नरहेको बताउनुभयो । उहाँले भन्नुभयो “संविधान संशोधनको प्रस्ताव निर्वाचनका लागि हो भनेर बुझ्न जरुरी छ ।” उहाँले संविधान संशोधनको प्रस्ताव, महाअभियोग प्रस्ताव र निर्वाचनको मिति तोक्ने कार्यलाई प्याकेजमा सहमति गराउनेतर्फ सरकार लागेको बताउनुभयो । 

प्रधानमन्त्री दाहालले भन्नुभयो “अन्ततः समझदारीमा आउनै पर्छ, नमिल्ने खालको आन्दोलन छोडेर आउनुहुन्छ भन्ने मलाई विश्वास छ ।” 

संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता भइसकेको भन्दै उहाँले पुस ४ गतेको बैठकमा टेबुल हुने बताउनुभयो । उहाँले भन्नुभयो “संशोधन प्रस्ताव सभामुखको कार्यसूचीमा चढिसकेको छ, ४ गतेको बैठकमा टेबल हुन्छ ।” त्यसपछि मधेसवादी दल पनि सहमतिमा आउने उहाँले बताउनुभयो । 

सत्तारुढ दलका नेताहरु नै आन्दोलनमा रहेको भन्ने जिज्ञासामा प्रधानमन्त्री दाहालले पार्टीको निर्णयभन्दा बाहिर कोही पनि नजाने बताउनुभयो । 

हालै मात्र सार्वजनिक भएको सम्पत्ति विवरणको विषयमा प्रधानमन्त्री दाहालले चितवनकै शिवनगरको भिमसेननगरमा रहेको अङ्शबण्डामा आफूलाई परेको एक बिगाहा १० कठ्ठा जग्गा पहिले नै बिक्री गरेर पार्टीलाई बुझाइसकेको बताउनुभयो । अर्को एक प्रश्नमा उहाँले अग्ला भवन बन्ने वित्तिकै प्रचण्डको लगानी भन्ने गरेको भन्दै भर्खरै उद्घाटन भएको चन्द्रागिरी केवलकार पनि प्रचण्डकै लगानीमा बनेको हल्ला चलेको बताउनुभयो । 

प्रधानमन्त्री दाहालले भन्नुभयो “जहाँ जे बनेपनि अब सबै नेपाल नै मेरो हो ।” गृह जिल्ला चितवनलाई चुनावी क्षेत्र बनाउने विषयमा आफ्नो दल र विपक्षीले पनि कुरा गरिरहेको प्रशङ्ग कोट्याउँदै उहाँले चितवनमा सम्भव नहुने अवस्था नरहेको बताउनुभयो । जिल्लालाई केन्द्रित गरी विकासको प्याकेज कार्यक्रम लिएर आफू छिट्टै पुनःचितवन आउने उहाँले आश्वासन दिनु भयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा