२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसदीय प्रक्रियालाई आत्मसात् गर्नुपर्छः प्रधानमन्त्री

२०७३, ३ पुष आईतवार ०७:३८

पुस- ३, विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको गतिरोध अन्त्य गर्नका लागि प्रतिपक्षलाई संसदीय प्रक्रियालाई आत्मसात् गरी अगाडि बढ्न आह्वान गर्नुभएको छ । 

विराटनगर विमानस्थलमा आज प्रेस सेन्टर नेपालद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले संविधान संशोधनसम्बन्धी विधेयकलाई संसद्ले जति छिटो टुङ्गो लगाइन्छ, त्यति छिटो मुलुकको गतिरोध अन्त्य हुन्छ भन्नुभयो । 

“संविधान संशोधनको प्रस्तावको पक्ष र विपक्षमा संसद्मा छलफल हुन्छ र यसलाई पारित गर्ने वा परास्त गर्ने अधिकार संसद्लाई नै हुन्छ”, उहाँले भन्नुभयो, “प्रतिपक्षले गैरसंसदीय, गैरलोकतान्त्रिक प्रक्रियालाई बन्द गरी आफ्नो मत संसद्भित्रै राख्नुपर्छ, संशोधन प्रस्तावको मुख्य उद्देश्य हिमाल, पहाड र मधेसलाई जोडेर मुलुकलाई निर्वाचनमा लग्नु हो ।” 

संसद्मा दर्ताको भएको संविधान संशोधनको विधेयकमा परिमार्जन हुने सम्बन्धमा पत्रकारको जिज्ञासामा उहाँले भाषासम्बन्धी आयोगमा केही संशोधन हुनसक्ने उल्लेख गर्नुभयो । उहाँले स्थानीय तहको निर्वाचन वैशाखमा हुने बताउँदै स्थानीय निकाय पुनःसंरचनासम्बन्धी आयोगले आउँदो बुधबारसम्ममा सरकारलाई प्रतिवेदन बुझाउने जानकारी गराउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला