पुस ३, काठमाडौँ । एसिसि १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूहको तेस्रो तथा अन्तिम खेलमा नेपालले मलेसियालाई १ विकेटले पराजित गरेको छ ।&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ३, काठमाडौँ । एसिसि १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूहको तेस्रो तथा अन्तिम खेलमा नेपालले मलेसियालाई १ विकेटले पराजित गरेको छ ।&nb"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एसिया कप क्रिकेटः नेपालद्वारा मलेसिया एक विकेटले पराजित

३ पुष २०७३, आईतवार १२:१०

पुस ३, काठमाडौँ । एसिसि १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूहको तेस्रो तथा अन्तिम खेलमा नेपालले मलेसियालाई १ विकेटले पराजित गरेको छ । 

कोलम्बोमा भएको खेलमा मलेसियाले दिएको १५४ रनको लक्ष्यलाई पछ्याएको नेपालले ४४.४ ओभर खेल्दै पूरा ग¥यो । जितका लागि अनिल साहले ३२, अभिनाश कर्णले २५ र दीपेन्द्रसिंह ऐरीले २२ रनको योगदान गरे । त्यसैगरी, पवन सर्राफ २९ र कप्तान सन्दिप लामिछाने ३ रनमा अविजित रहँदै खेल जिताउन महत्वपूर्ण योगदान गरे । 

मलेसियाका विरनदीप सिंहले ३, मोहम्मद हाफिज, मोहम्मद आमिर र सेयद आजिदले समान २ विकेट लिएका लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ४४ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै १५३ रनको योगफल तयार गरेको थियो । मलेसियाका ब्याट्सम्यान वीरनदीप सिंहले सर्वाधिक ७५ रनको योगदान दिए । १२० बल खेलेका सिंहले सात चौका प्रहारको मद्दतमा ७५ रन जोडेका हुन् । 

त्यसैगरी, मलेसियाका अर्का ब्याट्सम्यान मोहम्मद हसिफ २१ तथा सेफ उल्लाह मलिकले ११ रन जोडे । बलिङतर्फ नेपालका अदिल खान एक्लैले तीन विकेट लिए भने कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान दुई÷दुई विकेट लिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै