पुस ४, काठमाडौँ । स्थानीय तह पुनःसंरचना गर्न गठित ‘गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षण वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोग’ले आफूले तोकेभन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ४, काठमाडौँ । स्थानीय तह पुनःसंरचना गर्न गठित ‘गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षण वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोग’ले आफूले तोकेभन"/>
५ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आयोगले तोकेभन्दा कम संस्थामा स्थानीय तह

४ पुष २०७३, सोमबार १०:२६

पुस ४, काठमाडौँ । स्थानीय तह पुनःसंरचना गर्न गठित ‘गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षण वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोग’ले आफूले तोकेभन्दा कम सङ्ख्याको स्थानीय तहको निर्धारण गर्ने भएको छ । 

जिल्लास्थित केही स्थानीय तह पुनःसंरचना प्राविधिक समितिले आयोगले तोकेभन्दा कम सङ्ख्यामा तह पुनःसंरचना गरेर पठाएपछि आयोगले आफूले तोकेको कम सङ्ख्याको स्थानीय तह निर्धारण गर्न थालेको हो । 

आयोगका सदस्य–सचिव डा हरि पौडेलले ७२० देखि ७३० को सङ्ख्यामा स्थानीय तह बन्ने बताउनुभयो । “जनसङ्ख्या, भूगोल, क्षेत्रफल विकास निर्माणको हिसाबमा ७४४ स्थानीय तहको बनाउने हाम्रो योजना रहेको थियो”, उहाँले भन्नुभयो– “तर जिल्लास्थित केही प्राविधिक समितिले हाम्रै मापदण्डका आधारमा कम तह निर्धारण गरेपछि हामीले तोकेभन्दा कम सङ्ख्या निर्धारण गर्न थालेका हौँ ।” 

यसैगरी आयोगले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । 

“सबै काम सकाएर हामी प्रतिवेदनको अन्तिम तयारीमा छौँ”, उहाँले भन्नुभयो–“बुधबारसम्ममा प्रधानमन्त्री दाहाललाई नक्साङ्कनसहितको प्रतिवेदन बुझाउने तयारीमा छौँ ।” 

आयोगले प्रतिवेदन बुझाएपछि स्थानीय तहको निर्वाचनको बाटो खुल्नेछ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश सहकारी ठगी : छविलाल जोशीलाई बुटवल ल्याइयो माल्दिभ्सविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक, एञ्जिला र साम्बा बेन्चमा ५ लाख धरौटीमा रिहा भए सुलेमान शंकर ‘इकु’ बेहुली फ्रम मेघौली’ बुधबार ओटिटी प्लेटफर्ममा रिलिज हुँदै रवि लामिछानेको बयान सुरू सेरेस ब्राण्ड विद्युतीय गाडीमा धुँवा निस्किएकोबारे के भन्छ कम्पनी ? स्कटल्यान्डका मक्मलेन सुदूरपश्चिम रोयल्समा आबद्ध ओलीलाई माधव नेपालको चेतावनी: खबरदार ! हाम्रो पार्टीलाई टुक्राउने दुस्साहसको परिणाम राम्रो हुँदैन जम्मु कश्मीरमा आतंकवादी हमला, एक डाक्टरसहित सात मजदुरको मृत्यु रास्वपाको आन्दोलनमा समर्थन जनाउन पोखरा नजाने दुर्गा प्रसाईंको घोषणा, अरुलाई पनि नजान आग्रह मैले नेकपा एस छाडिसकेँ, एमालेमा किमार्थ जान्नँ: प्रेम आले दीपक मनाङेले अस्वीकार गरेको वन मन्त्रालय कांग्रेसका पौडेलको पोल्टामा मेलामा केटी साथी भेट्न नदिएको निहुँमा विवाद, आफ्नै पाँच साथीले गरे कृष्णकुमारको हत्या पार्टीको परीक्षण सामाजिक सञ्जालले होइन, निर्वाचनले गर्छ: शंकर पोखरेल १२ गाउँ’ को सिक्वेल बन्दै, ‘बलिदान’पछि निर्माण सुरु गरिने आज पनि ६ सय रुपैयाँले महँगियो सुन, चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम ! नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप