पुस ४, काठमाडौँ । सहरी विकास मन्त्री अर्जुननरसिंह केसीको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०७३ साल साउन २० गते गठित मन्त्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ४, काठमाडौँ । सहरी विकास मन्त्री अर्जुननरसिंह केसीको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०७३ साल साउन २० गते गठित मन्त्र"/>
२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सहरी विकास र पर्यटनमन्त्रीको सम्पत्ति कति ?

२०७३, ४ पुष सोमबार १०:४७

पुस ४, काठमाडौँ । सहरी विकास मन्त्री अर्जुननरसिंह केसीको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०७३ साल साउन २० गते गठित मन्त्रिपरिषद्मा रहेका सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । 

सार्वजनिक विवरणअनुसार मन्त्री केसीको काठमाडौँको गोङ्गबुमा प्रतिमा केसीको नाममा १५ आना दुई पैसा, नुवाकोटको ओखरपौवामा उहाँकै नाममा २० रोपनी एक आना एक पैसा, नुवाकोटको विदुर नगरपालिकामा मन्त्री केसीकै नाममा छ आना दुई पैसा र ललितपुरको सैँबुमा प्रतिमा केसीको नाममा आठ आना एक पैसा तीन दाममा बनेका चारवटा घर रहेका छन् । 

मन्त्री केसीले भर्नुभएको सम्पत्ति विवरणमा काठमाडौँको साङ्लामा पाँच कित्तामा जग्गा छ । नौ आना दुई पैसा, १४ आना दुई पैसा, एक रोपनी ११ आना तीन पैसा, एक रोपनी छ आना, एक रोपनी छ आना गरी पाँच कित्ता जग्गा प्रतिमा केसीको नाममा भएको सम्पत्ति विवरणमा उल्लेख छ । 

त्यसैगरी, प्रतिमाकै नाममा ललितपुरको हरिसिद्धि र उपमहानगरपालिकामा चार कित्ता जग्गा छ । ललितपुरमा जम्मा दुई रोपनी छ आना १२ पैसा दुई दाम जग्गा रहेको विवरणमा उल्लेख छ । 

मन्त्री केसीका नाममा ५० तोला सुन र ५२५ तोला चाँदी छ । त्यसैगरी विभिन्न बैंकमा गरी मन्त्री केसी र प्रतिमाका नाममा रु एक करोड ४४ लाख १५ हजार ९२२ बचत छ । साथै आफन्तलाई रु ३० लाख सापटी दिएको उहाँको सम्पत्ति विवरणमा खुलाइएको छ । 

उहाँ र प्रतिमाका नाममा विभिन्न बैंक र सहकारीमा रु दुई लाख २५ हजार सेयर छ । उहाँको नाममा बा२च ९१४७ नंको सवारी रहेको विवरणमा उल्लेख छ । अलैँची, फलफूल बाख्रा र बारीका काठ दाउरा बिक्रीबाट रु चार लाख ५० हजार आम्दानी भएको पनि सम्पत्ति विवरणमा उल्लेख छ । 

पर्यटनमन्त्रीको सम्पत्ति 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले आफ्नो सम्पत्ति विवरणमा आफू र श्रीमतीका नाममा हुम्ला र काठमाडौँमा गरी तीनवटा घर रहेको उल्लेख गर्नुभएको छ । 

मन्त्री शाही र उहाँकी श्रीमती बसन्ती शाहीका नाममा हुम्ला, बाँके र काठमाडौँमा पुख्र्यौली जग्गा रहेको छ । काठमाडौँको मातातीर्थमा १५ रोपनी, हुम्ला खर्पुनाथमा २०० रोपनी र बाँके खजुरामा दुई बिगाहा जग्गा रहेका छन् । 

त्यस्तै, पैतृक सम्पत्तिको रुपमा ५७ तोला सुन र एक किलो चाँदी रहेको उहाँले उल्लेख गर्नुभएको छ । 

मन्त्री शाहीको सिटिजन्स बैंकमा रु १६ लाख, श्रीमती वसन्ती शाहीका नाममा सोही बैंकमा रु २५ लाख तथा शुभचिन्तक सहकारीमा दुवै जनाको समान रु सात÷सात लाख बचत मौज्दात रहेको छ । 

त्यसैगरी, मन्त्री शाहीका नाममा चिलिमे हाइड्रोमा रु ३२ लाख रकमको २०० कित्ता सेयर, ज्योति विकास बैंकमा रु एक करोड ९५ लाख मूल्यको १० हजार कित्ता सेयर तथा श्रीमतीका नाममा शुभचिन्तक सहकारीमा एक हजार, माउन्ट कैलाश इनर्जीमा रु सात लाख ६८ हजार र कृषि बैंकमा २२९ कित्ता सेयर रहेको छ । 

व्यक्ति र सहकारी संस्थाका नाममा रु छ लाख ५० हजार ऋण बाँकी रहेको उहाँले सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ । मन्त्री शाहीसँग रु ३५ लाख मूल्यको कार र श्रीमतीका नाममा रहेको रु २० लाख पर्ने कार र रु एक लाखको स्कुटर छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता