पुस ४, काठमाडौँ । सहरी विकास मन्त्री अर्जुननरसिंह केसीको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०७३ साल साउन २० गते गठित मन्त्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ४, काठमाडौँ । सहरी विकास मन्त्री अर्जुननरसिंह केसीको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०७३ साल साउन २० गते गठित मन्त्र"/>
२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सहरी विकास र पर्यटनमन्त्रीको सम्पत्ति कति ?

४ पुष २०७३, सोमबार १०:४७

पुस ४, काठमाडौँ । सहरी विकास मन्त्री अर्जुननरसिंह केसीको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०७३ साल साउन २० गते गठित मन्त्रिपरिषद्मा रहेका सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । 

सार्वजनिक विवरणअनुसार मन्त्री केसीको काठमाडौँको गोङ्गबुमा प्रतिमा केसीको नाममा १५ आना दुई पैसा, नुवाकोटको ओखरपौवामा उहाँकै नाममा २० रोपनी एक आना एक पैसा, नुवाकोटको विदुर नगरपालिकामा मन्त्री केसीकै नाममा छ आना दुई पैसा र ललितपुरको सैँबुमा प्रतिमा केसीको नाममा आठ आना एक पैसा तीन दाममा बनेका चारवटा घर रहेका छन् । 

मन्त्री केसीले भर्नुभएको सम्पत्ति विवरणमा काठमाडौँको साङ्लामा पाँच कित्तामा जग्गा छ । नौ आना दुई पैसा, १४ आना दुई पैसा, एक रोपनी ११ आना तीन पैसा, एक रोपनी छ आना, एक रोपनी छ आना गरी पाँच कित्ता जग्गा प्रतिमा केसीको नाममा भएको सम्पत्ति विवरणमा उल्लेख छ । 

त्यसैगरी, प्रतिमाकै नाममा ललितपुरको हरिसिद्धि र उपमहानगरपालिकामा चार कित्ता जग्गा छ । ललितपुरमा जम्मा दुई रोपनी छ आना १२ पैसा दुई दाम जग्गा रहेको विवरणमा उल्लेख छ । 

मन्त्री केसीका नाममा ५० तोला सुन र ५२५ तोला चाँदी छ । त्यसैगरी विभिन्न बैंकमा गरी मन्त्री केसी र प्रतिमाका नाममा रु एक करोड ४४ लाख १५ हजार ९२२ बचत छ । साथै आफन्तलाई रु ३० लाख सापटी दिएको उहाँको सम्पत्ति विवरणमा खुलाइएको छ । 

उहाँ र प्रतिमाका नाममा विभिन्न बैंक र सहकारीमा रु दुई लाख २५ हजार सेयर छ । उहाँको नाममा बा२च ९१४७ नंको सवारी रहेको विवरणमा उल्लेख छ । अलैँची, फलफूल बाख्रा र बारीका काठ दाउरा बिक्रीबाट रु चार लाख ५० हजार आम्दानी भएको पनि सम्पत्ति विवरणमा उल्लेख छ । 

पर्यटनमन्त्रीको सम्पत्ति 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले आफ्नो सम्पत्ति विवरणमा आफू र श्रीमतीका नाममा हुम्ला र काठमाडौँमा गरी तीनवटा घर रहेको उल्लेख गर्नुभएको छ । 

मन्त्री शाही र उहाँकी श्रीमती बसन्ती शाहीका नाममा हुम्ला, बाँके र काठमाडौँमा पुख्र्यौली जग्गा रहेको छ । काठमाडौँको मातातीर्थमा १५ रोपनी, हुम्ला खर्पुनाथमा २०० रोपनी र बाँके खजुरामा दुई बिगाहा जग्गा रहेका छन् । 

त्यस्तै, पैतृक सम्पत्तिको रुपमा ५७ तोला सुन र एक किलो चाँदी रहेको उहाँले उल्लेख गर्नुभएको छ । 

मन्त्री शाहीको सिटिजन्स बैंकमा रु १६ लाख, श्रीमती वसन्ती शाहीका नाममा सोही बैंकमा रु २५ लाख तथा शुभचिन्तक सहकारीमा दुवै जनाको समान रु सात÷सात लाख बचत मौज्दात रहेको छ । 

त्यसैगरी, मन्त्री शाहीका नाममा चिलिमे हाइड्रोमा रु ३२ लाख रकमको २०० कित्ता सेयर, ज्योति विकास बैंकमा रु एक करोड ९५ लाख मूल्यको १० हजार कित्ता सेयर तथा श्रीमतीका नाममा शुभचिन्तक सहकारीमा एक हजार, माउन्ट कैलाश इनर्जीमा रु सात लाख ६८ हजार र कृषि बैंकमा २२९ कित्ता सेयर रहेको छ । 

व्यक्ति र सहकारी संस्थाका नाममा रु छ लाख ५० हजार ऋण बाँकी रहेको उहाँले सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ । मन्त्री शाहीसँग रु ३५ लाख मूल्यको कार र श्रीमतीका नाममा रहेको रु २० लाख पर्ने कार र रु एक लाखको स्कुटर छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली