Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ पुष ०८ गते, दिउँसो १:३५ बजे
काठमाडौँ - KTM

अफ्रिकियाको अपहरित ए ३२० एयरबस माल्टामा अवतरण (लाइभ भिडियो हेर्नुस)

k By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:


पुस ८, माल्टा । चालकदलका सात सदस्यसहित ११८ जना यात्रु लिएर उडेको लिबियाको अफ्रिकिया विमान कम्पनीको एयरबस ए ३२० माल्टामा अवतरण भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

यसपहिले माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटले ट्वीटमार्फत लिबियाको आन्तिरिक उडानका लागि छुटेको विमान सम्भावित अपहरणमा परेको जानकारी गराएका थिए । 

विमान लिवियाको साभाबाट त्रिपोलीका लागि प्रस्तान भएपनि यसमा सवार दुई यात्रुले ग्रिनेड हातमा लिई आफुले भनेको ठाउँमा विमान अवतरण नगराए विमानभित्र विस्पोट गराउने धम्की दिएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

विमान अवतरण भएको धेरै समयसम्म पनि विमानको इन्जिन चालु अवस्थामा रहेको बताइएको छ । विमान अवतरण पछि माल्टाको आपतकालिन सुरक्षा टोली विमानस्थलमा पुगेको छ भने माल्टाको राष्ट्रिय सुरक्षा समितिले आपतकालिन सेवा दिइरहेको माल्टा सरकारले जनाएको छ । अवतरणपछि अहिले सरकार र सुरक्षा समितिबीच छलफल शुरुभएको प्रधानमन्त्री मस्कटले ट्वीटमार्फत जानकारी गराएका छन् । 

विमानमा रहेका चालक दलका सात सदस्य बाहेकका १११ यात्रुमध्ये ८२ जना पुरुष र २८ जना महिला रहेका लिवियाले जनाएको छ ।  

यसैबीच माल्टा विमानस्थलमा अपहरित विमानले अवतरणका लागि अनुमति मागेपछि उक्त विमानस्थलबाट विभिन्न गन्तव्यका लागि उडानभर्न तयारी गरिरहेका विमान विमानस्थलमा अलपत्र परेका थिए भने अवतरणको पर्खाइमा रहेका विमानलाई सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै अन्यत्र पठाइएको थियो । रासस/सिन्ह्वा/एएफपी