२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारबिरुद्ध १० हजार मोटरसाइकल र्याली गर्ने एमालेको तयारी

२०७३, १० पुष आईतवार ११:२२


पुस १०, काठमाडौँ | नेकपा (एमाले) ले विपक्षी नौ दलसहित यही पुस २२ गते काठमाडौँमा आयोजना हुने जनप्रदर्शनको तयारीका लागि आफ्ना जनसङ्गठनलाई निर्देशन दिएको छ । 

एमालेको केन्द्रीय कार्यालय, धूम्रबाराहीमा आज सो पार्टीको प्रचार तथा प्रकाशन विभागले जनसङ्गठनको भेला आयोजना गरेको थियो । सो दिन भृकुटीमण्डपमा सभा गरी संविधान कार्यान्वयनका पक्षमा राष्ट्रिय एकताको समर्थन तथा हाल संसद्मा दर्ता भएको संशोधन प्रस्तावको विरोध गरिने छ । 

एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले संशोधनको प्रस्ताव संविधान र राष्ट्रहित विपरीत भएको विचार व्यक्त गर्दै संसद् र सडकमा निरन्तर आवाज उठाउनुपरेको बताउनुभयो । 

अर्का सचिव तथा विभागका प्रमुख योगेश भट्टराईले पुस १५ गतेदेखि २० गतेसम्म पार्टीका गाउँ, नगर, वडा तथा टोलस्तरका कमिटी र जनसङ्गठनका जिल्लाभन्दा तलका सबै कमिटी र सबै जिल्ला तथा क्षेत्रीय सम्पर्क मञ्चका बैठक तथा भेला गरी तयारीका काम गरिएको जानकारी दिनुभयो । 

विरोधसभाको प्रचारका लागि १० हजारको संख्यामा मोटरसाइकल र्याली र कोणसभा पनि गरिने छ । त्यस्तै (नेकपा (एमाले), नेकपा (माले), नेमकिपा, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, नेपाल जनमुक्ति पार्टी (लोकतान्त्रिक), नेपाः पार्टी, मधेस समता पार्टी र दलित जनजाति पार्टी) का अध्यक्षको हस्ताक्षर भएको अपिल घर÷घरमा पु¥याउने योजना बनाइएको विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी