पुस १०,काठमाडौँ । राजनीतिक गत्यावरोध अन्त्य गर्ने लक्ष्यका साथ सभामुख ओनसरी घर्तीले प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक आह्वान गर्नुभएको छ । 

व्यवस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १०,काठमाडौँ । राजनीतिक गत्यावरोध अन्त्य गर्ने लक्ष्यका साथ सभामुख ओनसरी घर्तीले प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक आह्वान गर्नुभएको छ । 

व्यवस"/>

२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सोमबार प्रमुख दलका शीर्ष नेताको बैठक आह्वान

२०७३, १० पुष आईतवार १६:०१

पुस १०,काठमाडौँ । राजनीतिक गत्यावरोध अन्त्य गर्ने लक्ष्यका साथ सभामुख ओनसरी घर्तीले प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक आह्वान गर्नुभएको छ । 

व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा सोमबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा प्रमुख तीन राजनीतिक दलका अतिरिक्त संसद्मा प्रतिनिधित्व गर्ने अन्य दलका नेतालाई समेत निमन्त्रणा दिइएको छ । 

बैठकमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा(माओवादी केन्द्र), राप्रपा, सङ्घीय समाजवादी फोरम नेपाल, तराई–मधेस लोकतान्त्रिक पार्टीका शीर्ष नेतालाई बोलाइएको सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले राससलाई जानकारी दिनुभयो । 

संविधान संशोधनका विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालले लगातार संसद् अवरुद्ध गर्दै आएको सन्दर्भमा निर्वाचनसँग सम्बन्धित विधेयक अलपत्र परेको, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको महाअभियोगको प्रस्तावसमेत अगाडि बढ्न नसकेकाले सदनलाई अवरोध गर्नु जायज नभएको भन्दै सदन खुलाउने विषयमा छलफल गर्न सभामुखले पहल गर्न लाग्नुुभएको हो । 

लगातार सदन अवरुद्ध हुनु जनताको आवाज अवरुद्ध गरेजस्तै हुने भन्दै सभामुखले विधि र प्रक्रियामा विश्वास गरेर अगाडि बढ्न दललाई आग्रह गर्नुभएको जानकारी दिँदै सल्लाहकार शर्माले भोलिको छलफललाई निष्कर्षमा पु¥याउनसमेत आग्रह गर्नुभएको जानकारी दिनुभयो । 

सरकारले सदनमा संविधान संशोधनको प्रस्ताव अगाडि बढाएपछि एमालेले लगातार सदनको कारबाही अवरुद्ध गर्दै आएको छ । एमालेलगायतका दलका अवरोधका कारण महत्वपूर्ण विधेयक अगाडि बढ्न सकेका छैनन् । 

स्थानीय निकायको निर्वाचनका लागि सरकारले प्रस्तुत गरेका विधेयक अगाडि बढ्न नसक्दा २०७४ माघ ७ गतेभित्र तीन तहको निर्वाचन सम्पन्न गर्ने राष्ट्रिय कार्यभार पूरा नहुने हो कि भन्ने आशङ्का पैदा भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता