Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ पुष ११ गते, बिहान ६:४४ बजे
काठमाडौँ - KTM

भारतद्वारा पृथ्वीकै आधा भागसम्म मार हान्ने मिसाईलको सफल परिक्षण

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस ११, काठमाडौँ | भारतकै सबैभन्दा लामो दूरीसम्म  (५ हजार किमी) सम्म मार हान्न सक्ने अग्नि-5 मिसाइल आज बिहान भारतको ओडिशा स्थित व्हीलर द्वीपमा परिक्षण गरिएको छ । 

उक्त शक्तिशाली मिसाइलले चीन, पाकिस्तान लगायत युरोपसम्म मार हान्न सक्ने क्षेमता राख्छ । डिफेन्स रिसर्च एन्ड डेवलपमेन्ट अर्गनानाइजेशन (डीआरडीओ) ले यस बिषयको जानकारी दिएको हो ।

– अग्नि मिसाइलको पहिले पनि ३ पटक परिक्षण भईसकेको छ ।

– यो सतहबाट सतहसम्म मार गर्नसक्ने मीडियमबाट इन्टरकन्टिनेन्टल रेन्जको मिसाइल हो ।

– बैज्ञानिकहरुलाई आधार मान्ने हो भने अग्नि-5 को नेभीगेशन र गाइडेन्स सिस्टम जडान भएको छ जसको माध्यमबाट उक्त मिसाइल बिशेष बनेको छ । अब केहि अरु परिक्षण गरेपछि छिट्टै आर्मीलाई प्रदान गरिनेछ ।

– यो मिसाइल १७ मीटर लामो अग्नि-5 को तौल ५००० केजी रहेको छ । यसलाई सजिलै जहाँपनि लान सकिन्छ ।

– साथै यो मिसाइल सहजै डिटेक्ट गर्नब सकिन्न ।