२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छुट्टिएको १६ महिनापछी प्रचण्ड र बाबुरामले भने- अब हामी मिल्छौं (फोटो फिचर)

२०७३, ११ पुष सोमबार ०७:१५


पुस ११, काठमाडौं । प्रदर्शनीमार्गस्थित पुलिस क्लबमा आयोजित एक कार्यक्रममा बाबुराम र प्रचण्डलाई एउटै मञ्चमा देखिए । यो संयोग माओवादीका स्वर्गीय नेता सांसद भक्ति पाण्डेको किताब ‘चाचा जी’को सार्बजनिकीकरण कार्यक्रममा जुरेको हो ।

 माओवादीबाट १६ महिना अघि छुट्टिएका डा. बाबुराम भट्टराई र प्रचण्ड आज छुट्टिएपछी पहिलो पटक एउटै मंचमा भेटिएका हुन् । उनीहरु एकै मंचमा यसरी देखिए जो सामान्य थिएन । एक अर्कामा निकै प्रेमभाव छ जसरी मुस्कान साटा-साट भएको देखिन्थ्यो । जुन हामीले खिचेको तलका तश्विरहरुमा पनि झल्किएको छ । उनीहरुको त्यो दृश्य त्यसैमा सिमित रहेन हुनिहरुले मंचबाटै उद्घोष गरे – 'अब हामी मिल्छौ' । उनीहरुले आफूहरु एकअर्काका परिपूरक भएको समेत खुलस्त पारे । उनिहरुले अहिलेसम्मको उपलब्धी रक्षाका लागि प्रचण्ड र बाबुराम मिल्नुको विकल्प नभएको समेत बताए ।

कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्ड र नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले फेरि एकै ठाउँमा आउने संकेत समेत गरे  । कार्यक्रममा प्रचण्ड र बाबुराम दुबैले आफूहरुबीच व्यक्तिगत वैमनश्यता नभएको भन्दै फेरि पनि एकै ठाउँमा उभिने परिस्थिति बनेको बताए।

कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिले संविधान कार्यान्वयनको चुनौति भएको भन्दै परिस्थितिले फेरि पनि भट्टराई र आफु एकै ठाउँमा उभिने स्थिति आएको बताए । उनले भने – 'हामी एकै ठाउँमा उभिन नसक्ने हो भने परिवर्तन उल्टिने खतरा छ । एक हुनुको विकल्प छैन ।' 

यता प्रचण्डले बोलेपछि बोल्दै पुर्ब प्रधानमन्त्री तथा नयाँ शक्ति अध्यक्ष डा. भट्टराईले आफु छुट्टिनु परिस्थिति भएको भन्दै आफुले प्रचण्डलाई सजिलो बनाइदिएको बताए । उनले भने 'उपलब्धि गुम्न नदिन हामी मिल्छौं । मिल्नुको विकल्प छैन ।'

प्रचण्ड र बाबुराम बोल्नु अघि बोलेका माओवादी नेता दीनानाथ शर्माले प्रचण्ड र बाबुराम अलग भएर गल्ती गरेको भन्दै मिल्न आग्रह गरेका थिए ।

तश्विरहरु हेर्नुहोस





तश्विर: गोपीकृष्ण चापागाई/सास (काठमाडौँ)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी