पुस ११, ट्युनिस । ट्युनिसियाको राजधानी ट्युनिसबाट स्पेनको बार्सिलोनातर्फ प्रस्थान गर्नै लागेको एउटा विमानमा बम राखिएको भन्ने हल्ला चलेपछि सो उडान निकै विलम्ब गरी उडाइएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ११, ट्युनिस । ट्युनिसियाको राजधानी ट्युनिसबाट स्पेनको बार्सिलोनातर्फ प्रस्थान गर्नै लागेको एउटा विमानमा बम राखिएको भन्ने हल्ला चलेपछि सो उडान निकै विलम्ब गरी उडाइएक"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बार्सिलोना जाने विमानमा बम राखिएको हल्ला फैलिएपछि…

११ पुष २०७३, सोमबार १२:३६

पुस ११, ट्युनिस । ट्युनिसियाको राजधानी ट्युनिसबाट स्पेनको बार्सिलोनातर्फ प्रस्थान गर्नै लागेको एउटा विमानमा बम राखिएको भन्ने हल्ला चलेपछि सो उडान निकै विलम्ब गरी उडाइएको ट्युनिसियाली गृहमन्त्रीले जानकारी दिएका छन् ।

ट्युनिसियाको ट्युनिस–कार्थेज अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय ध्वजाबाहक ट्युनिस एयरको विमानमा सबै यात्रुलाई चढाई सकेपछि सो विमानमा बम राखिएको भन्ने असत्य हल्ला अकस्मात् फैलिन गएको थियो। 

त्यसपछि सम्बन्धित अधिकारीले सबै यात्रुलाई उतारेर सबै यात्रुका झोला, ब्यागेजलगायत विमानको कुनाकाप्चा सबैतिर जाँच पड्ताल, निरीक्षण गर्दा बम वा अन्य शङ्कास्पद विस्फोटक पदार्थ केही पनि फेला नपरेपछि सो विमानलाई उड्ने अनुमति दिइएको पनि गृहमन्त्रीले बताए।

विमान सकुशल स्पेनको बार्सिलोना विमानस्थलमा अवतरण गरेको र बम राखिएको भन्ने असत्य हल्लासँग संलग्न एकजना संदिग्ध महिलालाई पक्राउ गरी घटनाको अनुसन्धान भइरहेको पनि जनाइएको छ। 

यसैगरी, श्रीलङ्काको कोलम्बो विमानस्थलमा हुने धेरै हवाई उडानका प्रस्थान-अवतरण पनि विलम्व भएका छन्। कोलम्बोको स्थानीय बन्दरनायिके अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्ने एवम् बाह्य मुलुकबाट अवतरण गर्ने सबै हवाई उडान चार घन्टासम्म अवरुद्ध भई विलम्ब भएका छन्। 

कोलम्बोमा आवतजावत गर्ने धेरैजसो विमानले भारतीय भू–भागमाथिको आकाश मार्ग प्रयोग गर्छन् । सोमबार बिहान ८.३० देखि १२.३० सम्म भारतले दक्षिण भारतमाथिको आकाशमार्ग बन्द गर्नाले कोलम्बोका सबै अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्। 

श्रीलङ्काको राष्ट्रिय ध्वजाबाहक श्रीलङ्कन एयरका सिङ्गापुर, जाकार्ता र क्वालालम्पुरतर्फ प्रस्थान गर्ने उडानका साथै धेरै बाह्य मुलुकबाट कोलम्बो आउने उडान पनि चार घन्टाले विलम्ब भएको कोलम्बो विमानस्थल अधिकारीले जनाएका छन् 

दक्षिण भारतमा एक विशेष परीक्षण उडान सञ्चालन गर्नुपरेका कारण दक्षिण भारतको सरहदमाथिको आकाशमार्ग केही समयका लागि बन्द गर्नुपर्ने बाध्यता भएको भनी भारतीय हवाई यातायात नियन्त्रण निकाय (एयर ट्राफिक कन्ट्रोल) ले सम्बन्धित श्रीलङ्काली अधिकारीलाई पूर्व जानकारी दिएको पनि बताइएको छ । रासस/सिन्ह्वा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह