माघ २९, काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले यतिवेला बहुआयामिक सुरक्षा चुनौती थपिँदै गएको बताएका छन् । उनले राष्ट्रिय सुरक्षा सुदृढ पार्न कूटनीतिक संयन्त्रला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २९, काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले यतिवेला बहुआयामिक सुरक्षा चुनौती थपिँदै गएको बताएका छन् । उनले राष्ट्रिय सुरक्षा सुदृढ पार्न कूटनीतिक संयन्त्रला"/>
१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय नाकाबन्दी नेपाली सेनाको यसरि हटाएको रहेछ

२९ माघ २०७३, शनिबार ०३:०४

माघ २९, काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले यतिवेला बहुआयामिक सुरक्षा चुनौती थपिँदै गएको बताएका छन् । उनले राष्ट्रिय सुरक्षा सुदृढ पार्न कूटनीतिक संयन्त्रलाई पनि प्रभावकारी बनाउनुपर्ने बताए । 

‘पछिल्ला दिनमा परम्परागतभन्दा फरक सुरक्षा चुनौती थपिँदै गएको छ, यसले सामाजिक सद्भावमा समेत चुनौती थपेको छ,’ सेनाको कमान्ड एन्ड स्टाफ कलेजद्वारा शुक्रबार शिवपुरीमा आयोजित ‘रक्षा तथा कूटनीतिबाट राष्ट्रिय सुरक्षा सुदृढीकरण’ विषयक सेमिनारमा प्रधानसेनापति क्षत्रीले भने, ‘सरकारअन्तर्गतका निकायबीच एकीकृत अवधारणाका आधारमा विद्यमान सुरक्षा चुनौती सामना गर्नुपर्छ र उचित कूटनीतिक प्रयास पनि बढाउनुपर्छ ।’

नेपालसहित विकासशील मुलुकका लागि कूटनीति र रक्षा नीति एक–अर्काका परिपूरक भएको प्रधानसेनापति क्षत्रीको भनाइ छ । ‘विकासशील देशहरूका लागि सामान्य सुरक्षा व्यवस्थापन नै पछिल्लो समयमा चुनौती हुन थालेको छ,’ उनले भने, ‘सरोकारवाला निकायको समन्वयमा एकीकृत हिसाबले मात्रै चुनौतीको सामना गर्न सकिन्छ ।’

सेमिनारमा ६ महिनाअघि अवकाश पाएका उपरथी एवं युद्धकार्य तथा व्यवस्था महानिर्देशनालयका पूर्वप्रमुख हिमालय थापाले भारतीय नाकाबन्दी हटाउन सेनाले उल्लेख भूमिका निर्वाह गरेको बताए । प्रधानसेनापति क्षत्रीको दूतका रूपमा उनी र अर्का सैनिक अधिकृत अनुपजंग थापाले दिल्ली गएर भारतीय सेनाप्रमुख दलवीर सिंहसँग वार्ता गरेको पनि उनले बताए ।

‘अनुपजंग थापा र मैले प्रधानसेनापतिका दूतका रूपमा दिल्ली गएर आर्मी चिफ दलवीर सिंहलाई नेपालको परिस्थितिको जानकारी गराएका थियौँ, त्यसपछि भारतबाट नाकाबन्दी खुलेको हो,’ पूर्वउपरथी थापाले भने, ‘नेपालले सैन्य कूटनीतिमार्फत वेलावेलामा उपलब्धि हासिल गरेको छ ।’

पूर्वरथी पवनबहादुर पाँडेले भारतीय सैन्य प्रमुख सिंह गोर्खा राइफल्सका कमान्डेन्ड रहेका कारण नेपाली सेनाले उनीसँग नाकाबन्दीबारे कुराकानी गर्न सफल भएको बताए । ‘यदि सेनाप्रमुख मराठा रेजिमेन्ट वा अन्तको पृष्ठभूमिका थिए भने सेनाले कुराकानी गर्न सक्ने र उसले अग्रसरता देखाउन सक्ने अवस्था थिएन,’ पाँडेले भने । -नयाँ पत्रिका दैनिक 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल