2026-10-17 05:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

एनआरएनए ५१ सदस्यीय अन्तर्राष्ट्रिय समन्वय परिषद् विस्तार, कतारबाट पाण्डेसहित युवराज शर्मा चयन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले एकता महाधिवेशनपछिको संगठनलाई पूर्णता दिने क्रममा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सहित विभिन्न पदाधिकारी, केन्द्रीय सदस्य र सल्लाहकारहरूको मनोनयन गरेको छ। संघको संशोधित विधानअनुसार ५१ सदस्यीय आईसीसी गठन गरिएको छ, जसअन्तर्गत कतारबाट सामाजिक अभियन्ता तुलसीराम पाण्डे र युवराज शर्मा आईसीसी सदस्यमा मनोनीत भएका छन्।

कतारमा करिब दुई दशकदेखि नेपाली समुदायको हकहित, सामाजिक सेवा र मानवीय सहयोगमा निरन्तर सक्रिय रहँदै आएका पाण्डेको मनोनयनलाई प्रवासी नेपाली समुदायले सकारात्मक रूपमा लिएको छ। सामाजिक उत्तरदायित्वलाई व्यक्तिगत स्वार्थभन्दा माथि राखेर समुदायका लागि निरन्तर योगदान दिँदै आएका पाण्डे कतारमा परिचित सामाजिक अभियन्ताका रूपमा चिनिन्छन्।

एनआरएनएमा सुरुदेखि नै सक्रिय रहेका पाण्डे केही समय संस्थागत गतिविधिबाट टाढिएका थिए। संस्था एकतापछि विभिन्न साथी, अग्रज तथा एनआरएनए अभियन्ताहरूको आग्रहलाई स्वीकार गर्दै आफू पुनः संस्थामा फर्किएको उनले बताएका छन्।

“म संस्था, समाज र नेपालीका लागि केही गर्न फेरि फर्किएको हुँ। मेरो उद्देश्य पद ओगट्नु होइन, काम गर्नु हो,” पाण्डेले भने ।

उनका अनुसार एनआरएनए विश्वभर रहेका नेपालीहरूको साझा संस्था भएकाले यसलाई अझ एकताबद्ध, प्रभावकारी र परिणाममुखी बनाउँदै प्रवासी नेपालीका हितमा काम गर्नुपर्ने आवश्यकता छ।
यसअघि एनआरएनए कतारको सल्लाहकारको जिम्मेवारीमा रहँदा पनि पाण्डेले संस्थागत सुधार, समुदायबीच सहकार्य अभिवृद्धि तथा सामाजिक अभियान सञ्चालनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। समस्यामा परेका नेपालीलाई सहयोग, सामाजिक एकता र समुदायलाई जोड्ने विभिन्न अभियानमा उनको योगदान उल्लेखनीय मानिन्छ।

संघको पछिल्लो निर्णयअनुसार आईसीसीमा महिला, दोस्रो पुस्ता, विज्ञ समूह तथा विभिन्न राष्ट्रिय समन्वय परिषद्बाट प्रतिनिधित्व सुनिश्चित गर्दै ५१ सदस्यीय परिषद्लाई पूर्णता दिइएको छ। पाण्डेको मनोनयनसँगै प्रवासी नेपालीको हकहित, एनआरएनएको संस्थागत सुदृढीकरण तथा नेपालसँगको सम्बन्धलाई अझ मजबुत बनाउन उनले प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु