Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ फाल्गुण ०२ गते, बिहान ७:४० बजे काठमाडौँ - KTM, पत्रपत्रिकाबाट

नेपाली युवाले कास्मिरमा ज्यान गुमाए

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन २, काठमाडौँ । भारत पाकिस्तान सीमा क्षेत्रबाट म्याग्दी कुहुँ १ पूर्णगाउँका फुलप्रसाद अर्मजाले बेलायतमा रहेका दाजु गोविन्दलाई फोनबाट बाक्लो हिमपात भइरहेको बताएको एक महिना जति भयो ।

भारतीय सेनामा कार्यरत उनी पाकिस्तानी भूभागबाट भारतीय भूमिमा हुने आक्रमण रोक्न कास्मिरको माथिल्लो भेगमा खटिएका थिए । उनले फोनमा दाजुलाई आतंकवादीको लडाइँभन्दा पनि हिमपहिरो डरलाग्दो भएको बताएका थिए ।

हो रहेछ, उनको ज्यान हिमपहरोले नै लियो । अत्याधिक हिमपातसँगै झरेको हिमपहिरोमा परेर ज्यान गुमाएका अर्मजाको शुक्रबार साँझ अन्त्येष्टि गरी परिवार घर फर्किएका छन् ।

हिमपहिरोमा परेर घाइते भएका अर्माजको माघ २५ गते उपचारको क्रममा निधन भएको थियो ।   -नागरिक दैनिक