पढ्न करिब 1 मिनेट लाग्छ

फागुन ३, काठमाडौँ । पाँच जना युवकले एक युवतीलाई सामुहिक बलात्कार गरेको खुलेको छ ।

गत माघ २६ गते तौलिहवा लुम्बिनी सडक अन्तर्गत पकडी गाविसको पकडी बजार नजिक सिसौघारीमा १७ बर्षीया भारतीय युवती बलात्कारको सिकार भएकी हुन् ।

फागुन ३ गते विवाहका लागि ती युवतीको तिलक तय थियो । त्यसैले परिवारले बलात्कारजस्तो जघन्य अपराध लुकाएको पाइएको छ । घटना सार्वजनिक भएमा विवाह प्रभावित हुने डरले लुकाएको पारिवारिक स्रोतले जनाएको छ ।

तर, बलात्कारमा संलग्न युवाहरुले नै इन्टरनेटमार्फत घटना सार्वजनिक गरेपछि बाहिर आएको हो । फुपूको घर बिमिहाबाट फर्कीरहेकी युवती २६ गते दिउँसो सामुहिक बलात्कारमा परेकी हुन् ।

युवतीको गाउँकै एक युवासँग प्रेम रहेको स्थानियको भनाइ छ । युवाले नै भेट्नको लागि त्यहाँ पुर्याएको उनीहरुले बताए । त्रासका कारण घटनाबारे यूवतीले कसैलाई भनेकी थिइनन् । -कान्तिपुर दैनिक