फागुन ४, काठमाडौँ | त्रिभुवन विश्वविद्यालयले घोषणा गरेको स्ववियु चुनावको मिति नजिकिँदै गर्दा आगजनी र अपहरणलगायतका घटना बढ्न थालेको छ । स्ववियु चुनावको विरोधमा रह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ४, काठमाडौँ | त्रिभुवन विश्वविद्यालयले घोषणा गरेको स्ववियु चुनावको मिति नजिकिँदै गर्दा आगजनी र अपहरणलगायतका घटना बढ्न थालेको छ । स्ववियु चुनावको विरोधमा रह"/>
२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लव माओवादीद्वारा स्ववियु निर्वाचन अधिकारीको अपहरण

२०७३, ४ फाल्गुन बुधबार ०१:३९

फागुन ४, काठमाडौँ | त्रिभुवन विश्वविद्यालयले घोषणा गरेको स्ववियु चुनावको मिति नजिकिँदै गर्दा आगजनी र अपहरणलगायतका घटना बढ्न थालेको छ । स्ववियु चुनावको विरोधमा रहेको विप्लव माओवादीनिकट अखिल क्रान्तिकारीले सोमबार त्रिवि शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीको गाडीमा आगजनी गरेका थिए भने मंगलबार निर्वाचन कमिटीका पदाधिकारीलाई अपहरण गरेका छन् ।

त्रिवि शिक्षाध्यक्ष त्रिपाठीका अनुसार विश्वभाषा क्याम्पस निर्वाचन कमिटीका सचिव शिक्षक नवीनचन्द्र मरासिनी विद्यार्थीको अपहरणमा परेका हुन् । मरासिनीलाई क्याम्पस प्रमुखको रोहबरमा दुई घन्टापछि रिहाइ गरिएको थियो । क्रान्तिकारीले केही दिन स्ववियु चुनाव सार्नुपर्नेलगायतका माग राखेर विरोधका कार्यक्रम जारी राखेकाले स्ववियु चुनाव अन्योलमा परेको छ । उसले विभिन्न क्याम्पसमा तालाबन्दीसमेत गरेको छ । २८ वर्षे उमेर हदबन्दीको विरोधमा नेविसंघका असन्तुष्टहरूले उपत्यकाका १० क्याम्पसमा तालाबन्दी गरेका छन् ।

अनेरास्ववियु र नेविसंघ चुनाव सार्ने प्रयासमा

स्रोतका अनुसार कांग्रेस र एमालेनिकट विद्यार्थी संगठनले स्ववियु चुनाव केही समय पछि सार्न लबिङ सुरु गरेका छन् । अनेरास्ववियु अध्यक्ष नवीना लामाले क्याम्पस प्रमुखलाई थर्काउने, ताला लगाउनेजस्ता कार्यले मनोबल गिरेको बताइन् । विप्लव माओवादीनिकट विद्यार्थी संगठनले पार्टीको महाधिवेशनका कारण एक साता मागेकाले के गर्ने भन्नेमा पार्टीका शीर्ष नेताहरूबीच छलफल भएको उनको बताइन् । ‘हाम्रो जोड १४ फागुनमा मतदान गर्नुपर्छ भन्ने हो, सबैको सहभागिता हुँदा हामीलाई पनि राम्रो हुन्छ,’ उनले भनिन् ।

उम्मेदवार घोषणा गर्दै संगठन

विभिन्न विद्यार्थी संगठनले स्ववियु चुनावका लागि धमाधम अध्यक्षका उम्मेदवारको घोषणा गर्न थालेका छन् । मंगलबार अखिल क्रान्तिकारीले अध्यक्षका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । क्रान्तिकारीले एक सय एक क्याम्पसका स्ववियु अध्यक्षको नामावली सार्वजनिक गरेको हो । सोमबार अनेरास्ववियु (छैटौँ)ले देशभरका ५७ वटा क्याम्पसमा स्ववियु सभापति उम्मेदवारको घोषणा गरेको थियो ।

सुरक्षाकर्मी परिचालन भएपछि मुक्त गरे

नवीनचन्द्र मरासिनी, सदस्यसचिव, निर्वाचन कमिटी, विश्वभाषा क्याम्पस | 

बिहान साढे १० बजेतिर के हो, कसो हो भन्दै मलाई विद्यार्थीले बोलाएका थिए । क्याम्पसमा तल झरेपछि आरआर क्याम्पसमा जाऔँ भने । त्यसपछि फेरि बागबजार जाऔँ छलफल गर्नु छ भन्दै लगे । मलाई निर्वाचनका विषयमा सोधे र निर्वाचन प्रक्रिया अघि नबढाउनुस् भने । मैले म निर्वाचन प्रमुख होइन, सदस्यसचिव मात्र हो, मैले चाहेर केही गर्न सक्दिनँ भनेँ । मलाई लगेको जानकारी पाएपछि सुरक्षाकर्मीले खोज्न थाले । सुरक्षा सक्रियता देखेर बागबजार पुर्‍याएका विद्यार्थीले फेरि विश्वभाषा क्याम्पस लगेर छाडे । – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा