फागुन ४, काठमाडौँ | त्रिभुवन विश्वविद्यालयले घोषणा गरेको स्ववियु चुनावको मिति नजिकिँदै गर्दा आगजनी र अपहरणलगायतका घटना बढ्न थालेको छ । स्ववियु चुनावको विरोधमा रह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ४, काठमाडौँ | त्रिभुवन विश्वविद्यालयले घोषणा गरेको स्ववियु चुनावको मिति नजिकिँदै गर्दा आगजनी र अपहरणलगायतका घटना बढ्न थालेको छ । स्ववियु चुनावको विरोधमा रह"/>
१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लव माओवादीद्वारा स्ववियु निर्वाचन अधिकारीको अपहरण

४ फाल्गुन २०७३, बुधबार ०१:३९

फागुन ४, काठमाडौँ | त्रिभुवन विश्वविद्यालयले घोषणा गरेको स्ववियु चुनावको मिति नजिकिँदै गर्दा आगजनी र अपहरणलगायतका घटना बढ्न थालेको छ । स्ववियु चुनावको विरोधमा रहेको विप्लव माओवादीनिकट अखिल क्रान्तिकारीले सोमबार त्रिवि शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीको गाडीमा आगजनी गरेका थिए भने मंगलबार निर्वाचन कमिटीका पदाधिकारीलाई अपहरण गरेका छन् ।

त्रिवि शिक्षाध्यक्ष त्रिपाठीका अनुसार विश्वभाषा क्याम्पस निर्वाचन कमिटीका सचिव शिक्षक नवीनचन्द्र मरासिनी विद्यार्थीको अपहरणमा परेका हुन् । मरासिनीलाई क्याम्पस प्रमुखको रोहबरमा दुई घन्टापछि रिहाइ गरिएको थियो । क्रान्तिकारीले केही दिन स्ववियु चुनाव सार्नुपर्नेलगायतका माग राखेर विरोधका कार्यक्रम जारी राखेकाले स्ववियु चुनाव अन्योलमा परेको छ । उसले विभिन्न क्याम्पसमा तालाबन्दीसमेत गरेको छ । २८ वर्षे उमेर हदबन्दीको विरोधमा नेविसंघका असन्तुष्टहरूले उपत्यकाका १० क्याम्पसमा तालाबन्दी गरेका छन् ।

अनेरास्ववियु र नेविसंघ चुनाव सार्ने प्रयासमा

स्रोतका अनुसार कांग्रेस र एमालेनिकट विद्यार्थी संगठनले स्ववियु चुनाव केही समय पछि सार्न लबिङ सुरु गरेका छन् । अनेरास्ववियु अध्यक्ष नवीना लामाले क्याम्पस प्रमुखलाई थर्काउने, ताला लगाउनेजस्ता कार्यले मनोबल गिरेको बताइन् । विप्लव माओवादीनिकट विद्यार्थी संगठनले पार्टीको महाधिवेशनका कारण एक साता मागेकाले के गर्ने भन्नेमा पार्टीका शीर्ष नेताहरूबीच छलफल भएको उनको बताइन् । ‘हाम्रो जोड १४ फागुनमा मतदान गर्नुपर्छ भन्ने हो, सबैको सहभागिता हुँदा हामीलाई पनि राम्रो हुन्छ,’ उनले भनिन् ।

उम्मेदवार घोषणा गर्दै संगठन

विभिन्न विद्यार्थी संगठनले स्ववियु चुनावका लागि धमाधम अध्यक्षका उम्मेदवारको घोषणा गर्न थालेका छन् । मंगलबार अखिल क्रान्तिकारीले अध्यक्षका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । क्रान्तिकारीले एक सय एक क्याम्पसका स्ववियु अध्यक्षको नामावली सार्वजनिक गरेको हो । सोमबार अनेरास्ववियु (छैटौँ)ले देशभरका ५७ वटा क्याम्पसमा स्ववियु सभापति उम्मेदवारको घोषणा गरेको थियो ।

सुरक्षाकर्मी परिचालन भएपछि मुक्त गरे

नवीनचन्द्र मरासिनी, सदस्यसचिव, निर्वाचन कमिटी, विश्वभाषा क्याम्पस | 

बिहान साढे १० बजेतिर के हो, कसो हो भन्दै मलाई विद्यार्थीले बोलाएका थिए । क्याम्पसमा तल झरेपछि आरआर क्याम्पसमा जाऔँ भने । त्यसपछि फेरि बागबजार जाऔँ छलफल गर्नु छ भन्दै लगे । मलाई निर्वाचनका विषयमा सोधे र निर्वाचन प्रक्रिया अघि नबढाउनुस् भने । मैले म निर्वाचन प्रमुख होइन, सदस्यसचिव मात्र हो, मैले चाहेर केही गर्न सक्दिनँ भनेँ । मलाई लगेको जानकारी पाएपछि सुरक्षाकर्मीले खोज्न थाले । सुरक्षा सक्रियता देखेर बागबजार पुर्‍याएका विद्यार्थीले फेरि विश्वभाषा क्याम्पस लगेर छाडे । – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल