Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ फाल्गुण ०७ गते, बिहान ७:४७ बजे काठमाडौँ - KTM, पत्रपत्रिकाबाट

हलोले गर्छ भलो भनेपछि राप्रपामा संकट

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/bf0c0c4a630ee1e99282ed6768a929db1487383305.gif" style="float: left;"><b>फागुन ७, काठमाडौं । </b>गत मंसिरमा दुई राप्रपाबीच एकता हुँदा तत्कालीन कमल थापा नेतृत्वको राप्रपा नेपालको गाईलाई चुनाव चिह्न मान्ने सहमति भएको थियो ।&nbsp;<br></p><p>तर, पार्टी स्थापनादेखि नै हलोलाई चुनाव चिह्न मानेका राप्रपा नेताहरूको फरक मत देखिएको छ । शुक्रबार महाधिवेशन उद्घाटन कार्यक्रममै नेताहरूले हलोलाई चुनाव चिह्न बनाउनुपर्ने माग गरे। राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र पूर्वअध्यक्ष पशुपतिशमशेर राणाले हलो चुनाव चिह्नलाई गुमाउन नहुने बताए। ‘पहिलेदेखि नै हलोले गर्छ, देशको भलो भन्ने विषय निकै चर्चामा थियो र चुनाव चिह्न हलोलाई नै मानेका थियौँ,’ लोहनीले भने, ‘हामी हलोलाई चुनाव चिह्नबाट गुमाउन तयार छैनौँ ।’</p><p>अर्का नेता राणाले पनि यसअघि हलो चिह्नबाटै राप्रपाले १८ प्रतिशत मत ल्याएको भन्दै यो चिह्नलाई गुमाउनै नहुने बताए । ‘०५१ मा हाम्रो पार्टीले १८ प्रतिशत मत ल्याउँदा पनि हलो नै चुनाव चिह्न थियो,’ राणाले भने, ‘यो महाधिवेशनबाट पनि हलो चुनाव चिह्न कायम हुनुपर्छ ।’ तर, कमल थापा पक्ष गाईलाई चुनाव चिह्न बनाउनुपर्ने पक्षमा छ। सनातन हिन्दूराष्ट्र नेपालको पक्षमा रहेको राप्रपामा गाई नै चुनाव चिह्न हुँदा झन् प्रभावकारी हुन्छ भन्ने मत पनि बलियो छ । &nbsp;-नयाँ पत्रिका दैनिक&nbsp;</p>