पढ्न करिब 1 मिनेट लाग्छ
<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/0f24d576f917cddd59b18909450cacf21487383676.jpg" style="float: left;"><b>फागुन ७, काठमाडौं । </b>राप्रपाका पूर्वअध्यक्ष राणाले दुई पार्टी एक भएर ०५१ मा चुनावमा गए पनि चन्द पक्षले उच्छृंखलता र अनियन्त्रित व्यवहार देखाएको आरोप लगाएका छन् । </p><p>शुक्रबार पार्टी एकता महाधिवेशनको उद्घाटनमा बोल्दै राणाले यस्तो भनेका हुन् ‘०५१ मा दुई राप्रपा एक हुँदा हामी तेस्रो पार्टी भयौँ । दुईपटक सरकारको नेतृत्वमा पनि पुग्यौँ,’ राणाले स्मरण गरे, ‘जब हामी मिल्छौँ जनताले विश्वास गर्छन् । </p><p>हामी फेरि एक भएका छौँ, अब दुई र दुई मिलेर चार होइन, २२ बन्ने वेला आएको छ, यसका लागि हामी एक हुनुपर्छ । चुनाव जितेर सरकारमा जाने, तर संसद्मा उच्छृंखलता र अनियन्त्रित व्यवहार देखाउने जस्तो व्यवहार अब कदापि नदेखाउँ ।’</p><p>राणालगत्तै बोलेका नेता चन्दले आरोपको खण्डन गरे । ‘म राणाजीको सहयोगमा प्रधानमन्त्री बनेको हुँ, तर उहाँ (राणा)ले आरोप लगाएजस्तो भएको म मान्दिनँ,’ चन्दले भने, ‘म चारपटक प्रधानमन्त्री भएँ । तपाईंहरूको आशीर्वाद पाए फेरि प्रधानमन्त्री बनुँला ।’ -नयाँ पत्रिका दैनिक </p>

