Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ फाल्गुण ०९ गते, बिहान ८:५० बजे काठमाडौँ - KTM, पत्रपत्रिकाबाट

रेलमार्गबाट काठमाडौंलाई दिल्ली र कोलकातासँग जोड्ने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><img src="http://sajhasabal.com/uploads/posts/e3a3474797a07ca8751dffe81bf2cdc21487559915.jpg" style="width: 500px; float: left;">फागुन ९, काठमाडौँ | भारतीय रेलमन्त्री सुरेश प्रभाकर प्रभुले काठमाडौंलाई रेलमार्गबाट दिल्ली र कोलकातासँग जोड्ने बताएका छन् । उनले भारतीय केन्द्र सरकारले रेल्वे विकासमा विशेष महत्व दिइरहेको जानकारी दिदैं भारतीय रेलवे नेटवर्कलाई नेपालमा पनि जोड्ने बताएका हुन् । ‘चाँडोभन्दा चाँडो काठमाडौं–दिल्ली र काठमाडौं–कोलकाता रेल्वे लाइन बनाउनेछौं ।’&nbsp;<br></p><p>काठमाडौंमा आइतबारदेखि सुरु भएको दुई दिने नेपाल पूर्वाधार शिखर सम्मेलन–२०१७ लाई सम्बोधन गर्दै रेलमन्त्री सुरेशले रेल्वेलाइन बनाउने बताएका हुन् ।‘मेरा मित्र हरिभक्त शर्माले काठमाडौंबाट उच्च गतिको रेल चढेर दिल्ली जाने र फर्कने सपना रहेको सुनाए,’ उनले भने, ‘यो सपना केवल सपनामा मात्र सीमित हुँदैन र चाँडै यथार्थमा परिणत गर्न सकिन्छ ।’</p><p>रेलमार्ग तुलनात्मक रुपमा स्वच्छ (ग्रीन) पूर्वाधार भएकाले नेपालले पनि यसको विकासमा जोड दिनुपर्ने उनले बताए । – नयाँ पत्रिका&nbsp;</p>