फागुन १०, काठमाडौँ | राजधानीको गोंगबुस्थित नयाँ बसपार्कको मुहार फेरिने भएको छ । अस्तव्यस्त, फोहोर र असुरक्षित मानिने देशकै ठूलो यो बसपार्कलाई व्यवस्थित मात्र होइन, अत्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १०, काठमाडौँ | राजधानीको गोंगबुस्थित नयाँ बसपार्कको मुहार फेरिने भएको छ । अस्तव्यस्त, फोहोर र असुरक्षित मानिने देशकै ठूलो यो बसपार्कलाई व्यवस्थित मात्र होइन, अत्य"/>
३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अत्याधुनिक सुविधासहित अन्तर्राष्ट्रियस्तरको बन्दैछ नयाँ बसपार्क

१० फाल्गुन २०७३, मंगलवार ०१:४२

फागुन १०, काठमाडौँ | राजधानीको गोंगबुस्थित नयाँ बसपार्कको मुहार फेरिने भएको छ । अस्तव्यस्त, फोहोर र असुरक्षित मानिने देशकै ठूलो यो बसपार्कलाई व्यवस्थित मात्र होइन, अत्याधुनिक र सुविधासम्पन्न बनाउन लागिएको छ।

बसपार्कको रेखदेख तथा व्यवस्थित गर्न महानगरपालिका र लोत्से बहुउद्धेश्यीय प्रालिबीच २०७२ मा नयाँ सम्झौता भएको महानगरका राजस्व महाशाखा प्रमुख महेश काफ्लेले बताए। सम्झौताअनुसार प्रा.लि.ले अन्तर्राष्ट्रियस्तरको बसपार्क चार वर्षभित्र बनाउनुपर्ने छ। वसपार्कलाई सबै दृष्टिले सुन्दर बनाइने बताइएको छ।

बसपार्कलाई हेर्ने दृष्टिकोणमात्र होइन, मुहार नै फेर्ने काम भइरहेको प्रा.लि. अध्यक्ष दीपक कुँवरले बताए । हाल चार सय सवारी अट्ने पार्किङलाई आठ सय सवारी साधन अट्ने गरी निर्माण गरिने, सात तले व्यापारिक भवनसहित बाल उद्यान, यात्रुका लागि वेटिङ रूम, सपिङ मल, बैंकिङ काउन्टर, लकर सेवा आदि निर्माण गरिने छ। उच्चस्तरका होटल तथा रेस्टुरेन्ट समेत सञ्चालन गरिने छ। टाढाबाट आउने यात्रुका लागि आरामदायी कक्षको समेत व्यवस्था गरिनेछ । बसपार्क पूर्णतया सिसी क्यामेराको निगरानीमा हुनेछ । – नागरिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट