Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ फाल्गुण १० गते, बिहान ७:२७ बजे काठमाडौँ - KTM, पत्रपत्रिकाबाट

अत्याधुनिक सुविधासहित अन्तर्राष्ट्रियस्तरको बन्दैछ नयाँ बसपार्क

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><img src="http://sajhasabal.com/uploads/posts/f70c9febe987d9bda9768f1e800a614c1487641356.jpg" style="width: 675px; float: left;">फागुन १०, काठमाडौँ | राजधानीको गोंगबुस्थित नयाँ बसपार्कको मुहार फेरिने भएको छ । अस्तव्यस्त, फोहोर र असुरक्षित मानिने देशकै ठूलो यो बसपार्कलाई व्यवस्थित मात्र होइन, अत्याधुनिक र सुविधासम्पन्न बनाउन लागिएको छ।<br></p><p>बसपार्कको रेखदेख तथा व्यवस्थित गर्न महानगरपालिका र लोत्से बहुउद्धेश्यीय प्रालिबीच २०७२ मा नयाँ सम्झौता भएको महानगरका राजस्व महाशाखा प्रमुख महेश काफ्लेले बताए। सम्झौताअनुसार प्रा.लि.ले अन्तर्राष्ट्रियस्तरको बसपार्क चार वर्षभित्र बनाउनुपर्ने छ। वसपार्कलाई सबै दृष्टिले सुन्दर बनाइने बताइएको छ।</p><p>बसपार्कलाई हेर्ने दृष्टिकोणमात्र होइन, मुहार नै फेर्ने काम भइरहेको प्रा.लि. अध्यक्ष दीपक कुँवरले बताए । हाल चार सय सवारी अट्ने पार्किङलाई आठ सय सवारी साधन अट्ने गरी निर्माण गरिने, सात तले व्यापारिक भवनसहित बाल उद्यान, यात्रुका लागि वेटिङ रूम, सपिङ मल, बैंकिङ काउन्टर, लकर सेवा आदि निर्माण गरिने छ। उच्चस्तरका होटल तथा रेस्टुरेन्ट समेत सञ्चालन गरिने छ। टाढाबाट आउने यात्रुका लागि आरामदायी कक्षको समेत व्यवस्था गरिनेछ । बसपार्क पूर्णतया सिसी क्यामेराको निगरानीमा हुनेछ । – नागरिक&nbsp;</p>