फागुन १३, काठमाडौं | उपत्यकाका तीन जिल्लाका विभिन्न मालपोत कार्यालयका कर्मचारीले घरजग्गा बिक्री गर्ने व्यक्तिसँग साँठगाँठ गरी ६ महिनामा दुई करोड ५० लाखभन्दा बढी राजस्व "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १३, काठमाडौं | उपत्यकाका तीन जिल्लाका विभिन्न मालपोत कार्यालयका कर्मचारीले घरजग्गा बिक्री गर्ने व्यक्तिसँग साँठगाँठ गरी ६ महिनामा दुई करोड ५० लाखभन्दा बढी राजस्व "/>
३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मालपोतका कर्मचारीको मिलेमतो : ६ महिनामा साढे २ करोड राजस्व छली

१३ फाल्गुन २०७३, शुक्रबार ०१:४९

फागुन १३, काठमाडौं | उपत्यकाका तीन जिल्लाका विभिन्न मालपोत कार्यालयका कर्मचारीले घरजग्गा बिक्री गर्ने व्यक्तिसँग साँठगाँठ गरी ६ महिनामा दुई करोड ५० लाखभन्दा बढी राजस्व छली गरेको पाइएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका ६ मालपोत कार्यालयका कर्मचारीले चालू आर्थिक वर्ष ०७३/७४ को पछिल्लो ६ महिनाको अवधिमा असुल गर्नुपर्ने पुँजीगत लाभकर २ करोड ५० लाख असुलै नगरी राजस्व ठगी गरेको पाइएको हो । उनीहरूले विक्रेतासँगको मिलिमतोमा पुँजीगत लाभकर लिनुपर्ने नियमलाई समेत लत्याउँदै कम रकम उठाएको पाइएको छ ।

काठमाडौका डिल्लीवजार, कलंकी, चावहिल र साखु तथा भक्तपुर र ललितपुरका मालपोत कार्यालयका कर्मचारीहरुवाट त्यति ठुलो राजश्व रकम छली गरेको पाइएपछि त्यहाँ कार्यरत ८० भन्दा वढि कर्मचारी छानवीनको घेरामा परेका छन् । राजश्व ठगीमा कर्मचारीकै मिलिमतो पाईएपछि भुमिसुधार तथा व्यवस्था मन्त्रालयले छानवीन अघि वढाएको छ ।

भुमिसुधार मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले राजश्व छली गर्ने कर्मचारी माथि छानवीन थालिएको बताए । ‘विभिन्न मालपोत कार्यालयमा पुँजीगत लाभकर उठाउने सन्दर्भमा व्यापक बदमासी भएको पाइएको छ । राज्यको सम्पति दुरुपयोग गर्ने जोसुकै माथि पनि कडा कार्वाही गरिन्छ’, उनले भने ।

मन्त्रालयले उपसचिवको नेतृत्वमा अधिकृत सदस्य रहेका पाँच वटा छुट्टाछुट्टै टोली गठन गरेर छानबिन थालेको थियो । ति टोलीले ६ वटा मालपोत कार्यालयले विगत ६ महिनाको अवधिमा असुल गर्नुपर्ने पुजीगत लाभकर वापतको २ करोड ५० लाख भन्दा वढि राजश्व असुल नगरि वद्मासी गरेको निश्कर्ष निकालेको थियो । छानवीनमा टोलीका सदस्यहरुका अनुसार ६ वटै मालपोत कार्यालयका कर्मचारी र जग्गा विक्री गर्ने विक्रेताहरुको मिलिमतोमा कतिपय स्थानमा मुनाफा नै नदेखाउने तथा विभिन्न वहानामा मुनाफा रकम लुकाएर पुजीगत लाभकर नै असुल नगरेको पाईएको थियो ।

अधिकांश मालपोत कार्यालयवाट पुँजीगत लाभकर वापत कूल मुनाफाको ५ प्रतिशत रकम लिनु पर्नेमा २ दशमलव ५ प्रतिशत मात्रै लिएको पाइएको छ । विक्री गर्नेले घर जग्गा मिलाउँदा, सम्याउँदा वा कम्पाउण्डिङ गर्दा मुनाफा रकमबाटै विभिन्न खर्च भएको विवरण देखाए पनि कुन शिर्षकमा कति रकम खर्च भएको नखुलाइएको उनीहरुले बताए ।

के हो पुजीगत लाभकर ?

घरजग्गा लगायतका सम्पति विक्री गर्दा कूल मुनाफा वापत सरकारलाई वुझाउनु पर्ने तोकिएको राजश्व रकम नै पुजीगत लाभकर हो । यो रकम सरकारले विक्री गर्ने व्यक्तिवाट असुल उपर गर्छ । सरकारले वजेट मार्फत नै पुजीगत लाभकर उठाउने नीति अख्तियार गर्दै आइरहेको छ । सो अनुसार कुनै पनि व्यक्तिले घर जग्गा विक्री गर्दा आउने नाफाको २ दशमलव ५ प्रतिशत देखि ५ प्रतिशत सम्म रकम सरकारलाई वुझाउनु पर्छ । घरजग्गा खरिद गरेको पाँच वर्ष भित्र विक्री गरिएमा विक्रेताले कूल नाफाको ५ प्रतिशत र ५ वर्ष पछि विक्री गरिएमा नाफाको २ दशमलव ५ प्रतिशत रकम सरकारलाई वुझाउनु पर्ने कानुनी प्रावधान छ ।

कर्मचारीका ‘डन’हरुको सरुवा

भुमिसुधार तथा व्यवस्था मन्त्रालयमा सचिवको रुपमा आएपछि देवकोटाले उपत्यकाका मालपोत र नापी कार्यालयमा वर्षौदेखि अड्डा जमाएर वसेका कर्मचारीलाई अन्यत्र सरुवा गरेका छन् । उनले लामो समयदेखि मालपोत र नापीमा वसेका कर्मचारीलाई सरुवा गरेर आफुले सुद्धिकरण थालेको बताए । मालपोत कार्यालय आकर्षक र मालदार कार्यालयको रुपमा चिनिन्छ । त्यहाँ जान कर्मचारीहरुले साम, दाम, दण्ड अपनाउने गरेका छन् । त्यसैले केहि कर्मचारी लगातार १० वर्षसम्म मालपोत कार्यालयमा नै कार्यरत रहदै आएका थिए ।

८० कर्मचारीको जागिर संकटमा

भूमिसुधार तथा व्यवस्था मन्त्रालयले राजस्व छलीमा संलग्न ८० कर्मचारीलाई कारबाहीको तयारी गरेको छ । मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जिम्मा लगाउने सम्बन्धमा अख्तियारका अधिकारीहरूसँग छलफल पनि थालेका छन् । तर, कर्मचारीलाई कारबाही नगर्न सचिव देवकोटामाथि दबाब आइरहेको मन्त्रालय स्रोतको दाबी छ । ‘सचिवले आमूल सुधार गर्न खोज्नु भएको छ, तर वर्षौँदेखि खान पल्केकाले उहाँलाई धम्क्याउनसमेत थालेका छन्,’ मन्त्रालयका एक अधिकारीले भने ।  - नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश