Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ फाल्गुण १३ गते, बिहान ७:४० बजे काठमाडौँ - KTM, पत्रपत्रिकाबाट

विखण्डनवादीलाई सेनाको यस्तो चेतावनी

By साझासवाल 6 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

फागुन १३, काठमाडौं | नेपाली सेनाले विखण्डनवादी र हतियार उठाउने धम्की दिँदै आएका समूहको अवाञ्छनीय गतिविधिलाई निस्तेज गर्न ‘तयारी हालतमा रहेको’ स्पष्ट पारेको छ। सेना दिवसका अवसरमा मुलुकको पछिल्लो राजनीतिक र सुरक्षा अवस्थाबारे विश्लेषण गर्दै सेनाले विखण्डनवादी र साम्प्रदायिक शक्तिलाई निस्तेज गर्न तयारी अवस्थामा रहेको जनाएको हो।

जंगी अड्डामा बिहीबार आयोजित विशेष समारोहमा प्रधानसेनापति राजेन्द्र क्षेत्रीले मुलुकलाई विखण्डन गर्ने र हतियार उठाएर सामाजिक सद्भाव एवं सहिष्णुता तहसनहस पार्ने उद्देश्यले भइरहेका गतिविधि सामना गर्न नेपाली सेना तयारी अवस्थामा रहेको बताए। विखण्डनवादी र हतियार उठाउन धम्की दिने समूहको नाम नलिइकनै प्रधानसेनापति क्षेत्रीले त्यस्ता अवाञ्छित गतिविधि निस्तेज गर्न सरकारको निर्देशन र संविधानले दिएको अधिकार पर्याप्त हुने जनाएका छन्।

प्रधानसेनापति क्षेत्रीको भनाइ उद्धृत गर्दै जंगी अड्डा भन्छ, ‘पुर्खाको रगत–पसिनाले जोगाएको इतिहासलाई खण्डित तुल्याउने कुनै पनि अवाञ्छनीय गतिविधिलाई निस्तेज गर्न नेपाली सेना हरमहेसा तयारी हालतमा छ।’ प्रधानसेनापति क्षेत्रीले राष्ट्रिय हितविरुद्ध उत्पन्न हुनसक्ने आन्तरिक तथा बाह्य सुरक्षा चुनौतीको सामना गर्न सेना सक्षम रहेको बताएका छन्। नेपालको संविधान र नेपाल सरकारद्वारा दिइने सबै जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी नराख्ने उनले उल्लेख गरे।

जंगीअड्डामै मंगलबार आयोजित पृतनापतिको सम्मेलनमा पनि मुलुकको पछिल्लो अस्थिर राजनीतिक परिस्थिति र त्यसले निम्त्याएको सुरक्षा चुनौतीबारे छलफल भएको थियो। सम्मेलनमा तराई मधेसमा हिंस्रक र विखण्डनकारी गतिविधि गर्दै आएका सीके राउत, तराई मधेसमा सक्रिय विभिन्न हतियारधारी भूमिगत समूह तथा राजनीतिक आवरणमा हतियार उठाउने धम्की दिँदै आएको नेत्रविक्रम चन्द नेतृत्वको माओवादीका गतिविधिले मुलुकको सुरक्षा अवस्थामा खतरा उत्पन्न गर्न सक्नेबारे छलफल भएको थियो।

विखण्डनकारी अभिव्यक्ति दिँदै आएका राउतले तराई मधेसमा सक्रिय हतियारधारी समूहसँग सम्बन्ध बढाउँदै गएको र भविष्यमा ती समूहको सम्बन्ध खतरापूर्ण हुन सक्नेमा सेना सजग रहेको उच्चस्रोतले जनाएको छ। प्रधानसेनापति क्षेत्रीले पृतनापतिहरूको छलफलमा उठेका विषय तथा मुलुकको पछिल्लो राजनीति र सुरक्षा अवस्थालाई विश्लेषण गर्दै सेना दिवसका अवसरमा आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

पृतनापति बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने केही मधेसवादी दलको गतिविधिसमेत अवाञ्छनीय रहेको र उनीहरूको सम्बन्ध विखण्डनकारीसँग हुनसक्ने भन्दै नेपाली सेना सचेत हुनुपर्ने रिपोर्टिङ गरेको स्रोतले बताएको छ। प्रधानसेनापति क्षेत्रीले समयअनुसार परिवर्तनलाई नेपाली सेनाले सदैव आत्मसात गर्दै आएको बताएका छन्। सेनालाई सबल र सक्षम बनाउने, नागरिक–सैनिक सम्बन्ध सुदृढ गर्ने, उच्च मनोबलयुक्त फौज तयार गर्ने, वृत्तिविकास प्रणालीलाई व्यावहारिक बनाउने कार्यलाई निरन्तरता दिइरहेको उनले जनाए। – अन्नपूर्ण