फागुन १७, काठमाडौं | नेपालको पर्यटन क्षेत्रको आम्दानीको तुलनामा नेपालीले विदेश घुमघाममा धेरै खर्च गर्ने गरेको तथ्यांकले देखाएको छ । पछिल्ला केही वर्षयता नेपाल आएर विदेश"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १७, काठमाडौं | नेपालको पर्यटन क्षेत्रको आम्दानीको तुलनामा नेपालीले विदेश घुमघाममा धेरै खर्च गर्ने गरेको तथ्यांकले देखाएको छ । पछिल्ला केही वर्षयता नेपाल आएर विदेश"/>
९ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशीले नेपालमा खर्च गर्छन् ४१ अर्ब : विदेश घुम्न नेपालीले खर्चन्छन् ५६ अर्ब

१७ फाल्गुन २०७३, मंगलवार ०२:०४

फागुन १७, काठमाडौं | नेपालको पर्यटन क्षेत्रको आम्दानीको तुलनामा नेपालीले विदेश घुमघाममा धेरै खर्च गर्ने गरेको तथ्यांकले देखाएको छ । पछिल्ला केही वर्षयता नेपाल आएर विदेशीले गर्ने खर्चको तुलनामा नेपाली पर्यटकले विदेश भ्रमण (आउटबाउन्ड टुरिजम)मा गर्ने खर्च ठूलो अन्तरले बढिरहेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूबाट भ्रमण खर्चमा साटिएको डलरका आधारमा यो तथ्यांक निकाल्ने गरेको छ । यसमा हवाई टिकट, भिसा तथा अन्य प्रयोजनमा हुने खर्च भने समावेश छैन ।

पर्यटन व्यवसायीहरू पनि अहिले नेपाल आउने पर्यटकको तुलनामा नेपालीलाई विदेश पठाएर व्यवसाय गर्नेको व्यवसाय उल्लेख्य रूपमा बढेको बताउँछन् । ‘अहिले नेपालमा विदेशी ल्याएर घुमाउनुभन्दा नेपालीलाई विदेश घुमाउने कम्पनीले राम्रो व्यापार गरिरहेका छन्,’ नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का पूर्वअध्यक्ष डिबी लिम्बू भन्छन्, ‘यकिन तथ्यांक छैन, तर समग्र पर्यटनबाट नेपालले गर्ने आम्दानीको तुलनामा नेपालीले गर्ने खर्च अत्यधिक छ ।’

ट्राभलका नाममा ५० अर्बभन्दा बढी बाहिरिन्छ 

तथ्यांकअनुसार नेपालबाट डलर सटहीबाट मात्र वार्षिक ५५ अर्ब रुपैयाँभन्दा बढी बाहिरिन्छ । नेपालीले भ्रमणका लागि गत आर्थिक वर्ष ०७२÷७३ (सन् २०१५-१६)मा ५६ अर्ब ४१ करोड रुपैयाँबराबरको अमेरिकी डलर वा अन्य विदेशी मुद्रा सटही गरेको तथ्यांक छ । तर, विदेशी पर्यटकले नेपालमा सो अवधिमा ४१ अर्ब ४६ करोड मात्रै खर्च गरेका छन् ।

यो तथ्यांक डलर सटहीमा हुने खर्च मात्र हो । यसबाहेक नेपालमा एक खर्ब रुपैयाँबराबर अन्तर्राष्ट्रिय हवाई टिकट बिक्री हुन्छ । त्यसमध्ये नेपाल वायुसेवा निगमसहित नेपाली कम्पनीको भागमा करिब १० प्रतिशत मात्र हिस्सा रहन्छ । ९० प्रतिशत विदेशी कम्पनीले नै कमाइरहेका छन् । सोसाइटी अफ ट्राभल एन्ड टुर्स अपरेटर्स (सोट्टा) नेपालका पूर्वअध्यक्ष यम खड्काका अनुसार नेपालमा बिक्री हुने कुल टिकटमध्ये विदेश भ्रमणमा जाने नेपालीकै नाममा बढी हुन थालिसकेको छ ।

यसकारण बढ्दै छन् विदेश घुम्ने नेपाली 

– सस्तो मूल्यमा आकर्षक प्याकेज उपलब्ध हुनु

- नेपालीको क्रयशक्ति वृद्धि

- नेपालभित्र नेपालीले मन पराउने गरी गन्तव्य प्रवद्र्धन र विकास हुन नसक्नु

- आन्तरिक पर्यटकलाई नेपाली व्यवसायीको फरक व्यवहार-वास्ता नगर्ने प्रवृत्ति

– नेपालमा कमजोर पूर्वाधार र कम गुणस्तरीय सेवा

- फरक संस्कृति, वेशभूषा, भौगोलिक अवस्थिति हेर्ने र नयाँ अनुभव लिने चाहना

- कलेज, कर्पोरेट हाउसहरू, कम्पनीहरूले आफ्ना कर्मचारीका लागि भ्रमणमा लगानी वृद्धि

- विदेशमा परिवारका सदस्यको उपस्थिति

- नेपालबाट सीधा हवाई सम्पर्क र गन्तव्य बढ्नु

कति नेपाली घुम्न निस्कन्छन् ? 

सन् २०१६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर ११ लाख ३१ हजार पाँच सय २९ नेपाली बाहिरिएका छन् । त्यसमध्ये चार लाख ३३ हजार दुई सय वैदेशिक रोजगारीका लागि बिदेसिने नेपाली छन् । शिक्षा मन्त्रालयका अनुसार पछिल्लो तीन वर्षयता वार्षिक औसत करिब ३० हजार हाराहारी नेपाली विद्यार्थी अध्ययनका लागि बिदेसिन्छन् । सोही आधारमा हेर्दा करिब ६ देखि साढे ६ लाख नेपाली व्यापार–व्यवसाय, सभा–सम्मेलन र भ्रमणका लागि विदेश जाने गर्छन् । व्यवसायीहरूका अनुसार व्यापार–व्यवसाय र सभा–सम्मेलनका लागि जाने नेपालको संख्या पनि घुमफिरमा जानेको तुलनामा ज्यादै कम छ । सन् २०१६ मा विदेशबाट सात लाख २९ हजार पाँच सय ५० पर्यटक नेपाल आएका थिए ।

यद्यपि, नेपालबाट कति नेपाली आउटबाउन्ड टुरिजममा निस्कन्छन् भन्ने यकिन तथ्यांक कुनै पनि निकायसँग छैन । व्यवसायीले गर्ने अनुमान पनि फरक–फरक छ । सोट्टो नेपालका पूर्वअध्यक्ष तथा एरोलिना ट्राभलका प्रबन्ध–निर्देशक यम खड्काका अनुसार नेपाल आउने विदेशी पर्यटक र विदेश घुम्न जाने नेपालीको संख्या लगभग बराबर छ । पछिल्लो समय नेपालबाट एसियाली मुलुकका गन्तव्यमा सीधा हवाई सम्पर्क बढेपछि आउटबाउन्डमा जाने नेपालीको संख्या पनि बढ्दै छ । नाट्टाका पूर्वअध्यक्ष लिम्बूका अनुसार पछिल्लो एक वर्षयता इन्डोनेसिया धेरै नेपालीको प्राथमिकतामा छ । त्यसमा मुख्य भूमिका मालिन्दो एयरका काठमाडौं–मलेसिया–इन्डोनेसिया उडानको रहेको छ ।

विदेश भ्रमणमा जानेलाई सिजन मतलब हुँदैन । किनकि ती देशले सबै मौसमका लागि उपयुक्त पूर्वाधारको विकास गरिसकेका छन् । भ्रमणकर्तालाई उपयुक्त समय मिलाएर जाने प्रचलन छ । नेपालबाट दसैँ, तिहार तथा बालबच्चाको लामो बिदाको अवसर तथा विवाहको मौसममा हनिमुन मनाउन जाने नेपालीको संख्या अधिक हुन्छ ।

सस्तो प्याकेजले विदेश भ्रमण बढायो

व्यवसायीहरूका अनुसार नेपालीले सबैभन्दा बढी मन पराउने गन्तव्य थाइल्यान्ड, मलेसिया र सिंगापुर हुन् । करिब एक लाख रुपैयाँमा यी तीनवटै मुलुकको भ्रमण गर्न सकिने गरी प्याकेज बनेका छन् । यसबाहेक एउटा मात्र मुलुकका लागि पनि ५०–६० हजारमा आकर्षक प्याकेज बिक्री भइरहेका छन् । प्रेसिडेन्ट ग्रुप अफ कम्पनिजअन्तर्गतको प्रेसिडेन्ट ट्राभलका अध्यक्ष भोलाविक्रम थापा भन्छन्, ‘अहिले आउटबाउन्ड प्याकेज बेच्ने कम्पनीको संख्या बढिरहेको छ, जसले गर्दा विदेशी गन्तव्यमा नेपालीको सहज पहुँच विस्तार भइसकेको छ ।’

यो गम्भीर विषय हो

घनश्याम उपाध्याय

प्रवक्ता, पर्यटन मन्त्रालय

पर्यटनमा आम्दानीको तुलनामा बढी रकम विदेशमा खर्च हुनु गम्भीर विषय हो । यस तथ्यांकले हामीलाई केही पाठ सिकाएको छ । खासगरी हामीले आन्तरिक पर्यटनलाई प्राथमिकता दिन नसकेको रूपमा हेर्न सकिन्छ । सोही सन्दर्भलाई मनन गर्दै सरकारले सन् २०७३ लाई सरकारले घुमफिर वर्ष घोषणा गरी मनाइरहेको छ । अब देशभित्र पूर्वाधार विकास, गन्तव्य प्रवद्र्धन र पर्यटनबाट मुलुकको आर्थिक विकासमा योगदान पु¥याउन ठोस कार्यक्रमको खाँचो महसुस गरिएको छ । त्यसक्रममा डिजिटल मार्केटिङ, आक्रामक बजार प्रवद्र्धन र सेवा तथा सुविधाको गुणस्तर वृद्धि गर्दै पहिलो गन्तव्य नेपाल नै हो भन्ने भावना वृद्धि गर्ने सरकारको योजना छ ।

आउटबाउन्ड टुरिजमबारे के भन्छन् व्यवसायी ?

 भोलाविक्रम थापा 

अध्यक्ष, प्रेसिडेन्ट ट्राभल

सस्तो मूल्यमा प्याकेजहरू उपलब्ध हुन थालेपछि विदेश जाने नेपालीको संख्या बढेको छ । नेपालमा कम्पनीहरूबीचको प्रतिस्पर्धाले आउटबाउन्ड सस्तो हुन गएको हो । आउटबाउन्डमा सबैभन्दा धेरै खर्च हवाई टिकटमा हुन्छ । त्यसपछि होटेल, खाना र यातायातमा बढी खर्च हुने गर्छ । नेपालमा बजेट एयरलाइन्सको आगमनसँगै नेपालीले अफर गर्ने मूल्यमा विदेश भ्रमणका अवसर बढ्दै गएको हो । पछिल्लो समय भने युरोप र अमेरिकाजस्ता मुलुकमा जाने खचाले नेपाली पर्यटक पनि बढ्दै छन् ।

 डिबी लिम्बू, पूर्वअध्यक्ष नाटा

अहिले परिवार घुम्न निस्कने मात्रै नभई कर्पोरेट हाउस, कलेज र स्कुलले ग्रुपमा आफ्ना कर्मचारी र विद्यार्थीलाई भ्रमणका लागि विदेश पठाउने प्रवृत्ति बढेको छ । यसले पनि घुमफिरमा विदेश जाने नेपालीको संख्या बढाएको हो ।

 यम खड्का, पूर्वअध्यक्ष सोट्टो

नेपालका जति पनि गन्तव्य छन्, त्यहाँभन्दा नेपालबाट बाहिर जाने नेपालीको संख्या ज्यादै ठूलो छ । खासगरी जब मानिसको क्रयशक्ति वृद्धि भयो, त्यसपछि घुमघाममा निस्कने ट्रेन्ड बढेको छ । आउटबाउन्डमा जानेहरूका लागि केही कर लगाउन सकियो भने उनीहरूलाई स्वदेशमा आकर्षित गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फिल्म तेल भिसाको शुरुवाति कमाई कस्तो ? रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति मृत्युपश्चात अंग दान गर्नेका परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय एमालेद्वारा काठमाडौं महानगरको जरिवाना पत्र बुझ्न अस्वीकार, त्यसै फर्कियो महानगर टोली एमालेले काठमाडौं महानगरको जरिवाना नतिर्ने दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण मुद्दा: सरकारको नाममा कारण देखाउ आदेश जारी एनपीएल खेल्न नेपाल आइपुगे काठमाडौं गुर्खाजका माइकल लेभिट हिरासतबाट दुर्गा प्रसाईँको पत्र, लेख्छन्- प्रमाण सत्य हो, कम्बोडिया लगानीबारे छानबिन गरियोस् गेस्ट हाउसमा दम्पत्तीको शव फेला, क्यानडाबाट दुई वर्षपछि शनिबार मात्रै फर्किएका थिए मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने मस्क रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दाको पेशी न्यायाधीशद्वय फुयाल र ढकालको संयुक्त इजलासमा आज तोलामै १७ सयले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो मलेसियाका पेट्रोल पम्पहरुमा काम गर्न विदेशी कामदारलाई खुला अनुसन्धानको म्याद सकिएकाले आज फेरि रविलाई कास्की अदालत उपस्थित गराइँदै नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता लिइँदै आजदेखि धरहरा चढ्दा शुल्क लाग्ने विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै हेर्नुहोस आइतबारको विदेशी मुद्राको विनिमय दर ! देशको यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना कर्मचारीहरुलाई हिमाली जिल्लामा आउन सहज र अभिप्रेरित गर्न जरुरी