२६ कार्तिक २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

आदर्श उच्च माविको अभिभावक भेला सम्पन्न

३० आश्विन २०७२, शनिबार १३:१९

aadarsha1

सन्तोषकुमार गुप्ता । असोज ३०, भालुवाङ्ग । देउखुरीको आदर्श उच्च माध्यमिक विद्यालय लालमटियाको १८ औँ अभिभावक भेला शुक्रबार विद्यालयको प्रगाणमा सम्पन्न भएको छ ।

शिक्षक अभिभावक संघका संयोजक शिवबहादुर कडेलको अध्यक्षता एवम् जिल्ला शिक्षा कार्यालयका देउखुरी क्षेत्रका विद्यालय निरक्षक विनोद गौतमको प्रमुख आतिथ्यमा भएको अभिभावक भेलामा विद्यालयका प्राचार्य दामोदर पाण्डेले शैक्षिक सत्र २०७०÷०७१ को १ करोड ५४ लाख ८१ हजार ९ सय ४२ रुपैयाँ ३२ पैसा सहितको शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा प्लस टु संयोजक श्रीकृष्ण शर्मा, विज्ञान संकाय संयोजक बिष्णु पोख्रेल, अँग्रेजी माध्यम शिक्षण संयोजक किरण पोख्रेल र विद्यालयको शैक्षिक गुणस्तर अवस्था तथा व्यवस्था शिक्षक जीवराज शर्माले शैक्षिक कार्यपत्र प्रस्तुत गरेका थिए ।

aadarsha2

शिक्षक अभिभावक संघकी सदस्य तथा शिक्षिका कृष्णा शर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सामुदायिक विद्यालयमा गुणस्तरिय प्रदान गर्न शिक्षक, अभिभावक तथा स्वयम् विद्यार्थीहरुको महत्वपूर्ण भुमिका हुने बताएका थिए । उनीहरुले विद्यालयलाई शान्ति क्षेत्र बनाउन कुनै पनि बन्दहड्तालमा निर्वाध रुपमा विद्यालय सञ्चालन गर्न पाउने व्यवस्था मिलाउन सबै पक्ष गम्भीर हुनु पर्नेमा समेत जोड दिएका थिए । भेलामा लालमटिया स्रोत केन्द्रका स्रोत व्यक्ति बिप्लब अधिकारी, लालमटिया स्रोत केन्द्रकै निवर्तमान स्रोत व्यक्ति रामप्रसाद जैसी, नेपाली काँग्रेसका नुमानन्द सुवेदी, नेकपा एमालेका शोभाकर भुसाल, एनेकपा माओवादीका धर्मराज अधिकारी, राष्ट्रिय जनमोर्चाका केशवराज खनाल, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष बुद्धिराम चौधरी, पत्रकारद्धय विदुर एमसी र कमल गिरी लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षिका दया भण्डारीले गरेकी थिईन् । भेलाले अगामी ३ बर्षे कार्यकालका कुष्णप्रसाद आचार्यको अध्यक्षतामा ९ सदस्यीय नयाँ विद्यालय व्यवस्थापन समिती सर्वसम्मत चयन गरेको छ । जसको सदस्यहरुमा गुरुप्रसाद ज्ञवाली, छमा गैरे, जोहरमान मियाँ, सदस्य सचिवमा प्राचार्य दामोदर पाण्डे रहेका छन् । बाँकी चार सदस्य शिक्षा निमावली बमोजिम समितीको पहिलो बैठकले मनोनयन गरिने बताईएको छ । त्यस्तै भेलाले निर्वतमान विद्यालय व्यवस्थापन समितीका अध्यक्ष बुद्धिराम चौधरीको संयोजकत्वमा ११ सदस्यीय नयाँ शिक्षक अभिभावक संघ समेत सर्वसम्मत चयन गरेको छ ।

aadarsha4

aadarsha3

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सन् २०२६ को खेल आफ्नो अन्तिम विश्वकप खेल हुने रोनाल्डोको भनाइ निर्वाचनको वातावरण बनाउन दलहरूको भूमिका महत्पूर्ण रहन्छः कानुनमन्त्री सिन्हा नवनियुक्त मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक दिल्लीको घातक विस्फोटलाई ‘षड्यन्त्र’ भन्दै प्रधानमन्त्री मोदीद्वारा दोषीलाई कठोर कारबाहीको चेतावनी मन्त्रिपरिषद् बैठकको निर्णय महानगर धुलोमुक्त बनाउँदै कामपा ‘बाबा सम्झेर टोलाइरहन्छन् छोराछोरी…’ पाकिस्तानको अदालतमा विस्फोट, १२ जनाको मृत्यु तालिका थप भएपछि भोजपुर–काठमाडौँ अब चार उडान दर्शकले रुचाउन थाले नेपाली चलचित्र त्रिविको जग्गा फिर्ता ल्याउने प्रक्रियामा प्रधानमन्त्रीद्वारा प्रगति माग राष्ट्रपतिसमक्ष मधेस प्रदेशका प्रदेश प्रमुख कर्णको शपथ लोकतन्त्रको संस्थागत विकासका लागि पद स्वीकार गरेको हुँ : मुख्यमन्त्री यादव पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको फैसला नोभेम्बरको अन्त्यतिर आउने सङ्केत बाइस हजार विद्यार्थीको ‘डिजिटल’ स्वास्थ्य ‘प्रोफाइल’ तयार शान्ति पुनर्स्थापना केन्द्रद्वारा ३९९ जनाको उद्धार दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु सन्नी देओलको आग्रह– “धरमजी स्थिर र निगरानीमा हुनुहुन्छ, कृपया अफवाह नफैलाउनुहोस्” आज चार हजार ९०० ले बढ्यो सुन