फागुन २०, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थानीय चुनाव बिथोल्ने घोषणा गरेको छ । 

अहिले घोषणा गरेको स्थानीय चुन"/> Sajhasabal फागुन २०, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थानीय चुनाव बिथोल्ने घोषणा गरेको छ । 

अहिले घोषणा गरेको स्थानीय चुन"/>

२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२० वर्षअगाडि नै प्रचण्ड नेतृत्वमा चुनाव ध्वस्त: विप्लब

२० फाल्गुन २०७३, शुक्रबार ०२:३५

फागुन २०, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थानीय चुनाव बिथोल्ने घोषणा गरेको छ । 

अहिले घोषणा गरेको स्थानीय चुनावलाई २० वर्षअगाडि नै प्रचण्डकै नेतृत्वमा ध्वस्त पारिएको भन्दै विप्लवले चुनावलाई आफ्नो पार्टीले मान्यता नदिने बताएका हुन् । आजको नयाँ पत्रिकामा खबर छ ।

पार्टीको आठौँ महाधिवेशनले लिएका निर्णय सार्वजनिक गर्न बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेकपा महासचिव विप्लवले पुरानै चुनाव बोकेर आउने प्रचण्डलाई पुरानै तरिकाबाट जवाफ फर्काउने चेतावनी दिए । 

‘२०-२२ वर्षपछाडि त्यही चुनाव बोकेर प्रचण्डजी आएपछि हामीले त्यसलाई कसरी बुझ्ने ? पुरानै चुनाव बोकेर आउने प्रचण्डजीसँग त्यस्तै हुन्छ,’ विप्लवले भने, ‘यही चुनावलाई ०५४ सालमा फिर्ता गर्‍यौँ, ०५६ मा ध्वस्त बनायौँ, ०६१ मा पनि ध्वस्त बनायौँ ।’

उनले सरकारले ३१ वैशाखामा घोषणा गरेको चुनावलाई सिद्धिएको व्यवस्थालाई पुनर्जीवित गराउने कोरा कल्पना मात्र भएको टिप्पणी गरे । ‘सिद्धिएको व्यवस्थालाई अथवा मुर्दालाई आर्यघाटबाट ल्याएर राखेर हुन्छ ?’ विप्लवले थपे, ‘यो प्रतिस्पर्धा हो, उहाँहरूले आफ्नो तरिकाबाट त्यसको तयारी गर्नुहोला, हामी आफ्नो तरिकाले त्यसलाई ध्वस्त बनाउनेछौँ ।’ यद्यपि, उनले आफूहरू चुनावको विरोधी भने नभएको पनि प्रस्ट्याए । ‘हामी चुनावविरोधी होइनौँ, जनयुद्धका क्रममै पनि आधार इलाकाहरूमा जनप्रतिनिधिहरूको चुनाव गरेर दुई सत्ताको अभ्यास गरेका थियौँ,’ विप्लवको भनाइ थियो ।

जनयुद्धकालीन संरचना ठीक: विप्लवले आफ्नो पार्टी संघीयताको विरोधी नभएको पनि बताए । पुरानै सत्ताको चरित्रमा संघीयता मात्र थप गरेर त्यसले उत्पीडित जाति, क्षेत्र र लिंगका जनताको हितमा कुनै काम नहुने उनको दाबी छ । 

‘रक्सी पुरानै, तर बोतल मात्र नयाँ भनेजस्तो मात्र हो यो अहिले दलहरूले भनिरहेको संघीयता,’ विप्लवले भने, ‘सत्ता दलाल पुँजीपति चरित्रको हुने र त्यसमा संघीयता मात्र थप गरेर उत्पीडनको अन्त्य हुन्छ भन्ने सत्य होइन ।’ 

राज्यको संरचना माओवादीले जनयुद्धका क्रममा अवलम्बन गरेको स्वायत्त प्रदेश निर्माणअनुसारकै सही रहेको उनको भनाइ थियो ।

पार्टी नाम फेरियो,विप्लव बने महासचिव: आठौँ महाधिवशेनले नेकपा(माओवादी) बाट पार्टीको नाम फेरेको छ । उसले नेपाल कम्युनिस्ट पार्टी मात्र नाम राखेको छ । विप्लवलाई महासचिवमा चयन गर्दै ८१ सदस्यीय केन्द्र्रीय समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रविलाई रिजालको जवाफ, ‘सरकार मरेको होइन, सक्रिय भएको हो’ रवि लामिछानेसहित को-को विरुद्ध छ पक्राउ पुर्जी ? रविलाई पक्राउ गर्न रास्वपा कार्यालय पुग्यो सीआईबीको टोली रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी पुनःनिर्माणका काममा लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्री ओलीको आग्रह पेट दुख्ने समस्या लिएर अस्पताल पुगेका युवकको आन्द्रामा जिउँदो साङ्लो भेटिएपछि.. जीपबाट खसेर बालकको मृत्यु सन्दीपले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने रास्वपाका नेताहरू पार्टी कार्यालय वनस्थलीमा बाली जोगाउन वन्यजन्तुलाई थापेको पासोमा करेन्ट लागेर बालिकाको मृत्यु, २ जना घाइते सुनको मूल्य प्रति आउन्स २ हजार ७ सय डलर नाघ्यो भारतीय कप्तान रोहित शर्माले मागे माफी शेरबहादुर देउवाको दबाब: रविलाई तत्काल पक्राउ नगरे सरकार ढाल्ने चेतावनी रविलाई पक्राउ गर्न लागिएको रास्वपाको आशंका प्रमुख प्रतिपक्षी दलहरूको बैठक: ज्ञापनपत्र बुझाउनेदेखि विशेष अधिवेशन बोलाउनेसम्म छलफल ‘१२ गाउँ’ को बक्सअफिस रिपोर्ट सार्वजनिक: एक सातामा कति कमायो ? सहकारी ठगीमा रवि लामिछानेलाई पक्राउ गरिए सशक्त प्रतिवाद गर्ने विपक्षी दलको निर्णय आज एकैदिन प्रतितोला २ हजारले बढ्दै सुनको मूल्यमा नयाँ रेकर्ड कायम दक्षिण अफ्रिका महिला टी–२० विश्वकपको फाइनलमा माओवादीका अध्यक्ष प्रचण्डले बोलाए विपक्षी दलको बैठक